एनएमबि बैंकले बेलायतको सिडिसि ग्रुपबाट १ करोड ५० लाख कर्जा लिने

काठमाडौं, १ फागुन । एनएमबि बैंकले बेलायतको सिडिसि ग्रुपबाट १ करोड ५० लाख अमेरिकी डलर कर्जा लिने भएको छ । सिडिसि ग्रुप बेलायत सरकारको पूर्ण स्वामित्व रहेको वित्तिय संस्था हो ।

सिडिसिले बैंकको स्थलगत भ्रमण मार्फत योजना र क्षमताबारे अध्ययन गरि कर्जा दिन तयार भएको हो । यो कर्जाले लामो समय देखि बैंकले भोग्दै आएको तरलताको समस्या केही हद सम्म भएपनि कम हुने बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसीले बताए । पूर्वाधार विकास, कृषि, साना तथा मझौला, लघु कर्जा र पर्यटन तथा हाइड्रोपावरमा सो रकम लगानी गर्ने पनि उनले जानकारी दिए ।

नेपाल राष्ट्र बैंकले जारी विदेशी लगानी सम्बन्धि नीतिगत व्यवस्थालाई पूर्णरुपमा उपयोग गरि देशमा बैंदेशीक लगानी भित्र्याउने पहिलो बैंकको भएको दाबी पनि उनले गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *