Date

बुध, बैशाख १२, २०८१
Wed, April 24, 2024

सेयर बजारमा २ अर्वको कारोबार, १ अर्व ९१ करोडको एभरेष्ट बैंकको प्रमोटर सेयर बिक्री

सेयर बजारमा २ अर्वको कारोबार, १ अर्व ९१ करोडको एभरेष्ट बैंकको प्रमोटर सेयर बिक्री

काठमाडौं, २ फागुन । साताको अन्तिम कारोबारका दिन (बिहिबार) सेयर बजारमा २ अर्ब १६ करोड रुपैयाँ भन्दा बढीको कारोबार भएको छ । त्यसमा १ अर्ब ९१ करोड ७६ लाख ३९ हजार ३ सय ७५ रुपैयाँ बराबरको कारोबार एभरेष्ट बैंकको प्रमोटर सेयरको भएको छ ।

बजार भने ८.२१ अंकले घटेर १११२.८७ बिन्दुमा झरेको छ । सो दिन बजारमा १ सय ६४ कम्पनीहरुको कम्पनीहरुको ८०,९५,०७२ कित्ता सेयर खरिद बिक्री भएको छ ।

बिहिबार सबैभन्दा बढी चौतारी लघुवित्त वित्तिय संस्थाका लगानीकर्ताहरुले कमाएका छन् । जसको प्रतिसेयर मुल्य ४.७५ प्रतिशतले बढेको छ । नेपाल सेवा लघुवित्त वित्तिय संस्थाका लगानीकर्ताहरुले सबै भन्दा बढी गुमाएका छन् । संस्थाको प्रतिसेयर मुल्यमा ८.४२९७५ प्रतिशतको गिरावट आएको छ ।

नेप्सेमा सुचिकृत १० वटा समुह मध्ये सबै समुहको परिसुचक घटेको छ । सबै भन्दा बढी निर्जीवन बीमा समुहको परिसुचक ७०.१७ अंकले घटेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x