कञ्चनपुरमा दुई दिनमा २३ किलो सुन बरामद

कञ्चनपुर, ३ फागुन । प्रहरीले कञ्चनपुरबाट फेरी पाँच किलो सुन बरामद गरेको छ । एक दिनअघि १८ केजी सुन सहित प्रकाउ परेका शुक्लाफाँटा नगरपालिकाका लक्ष्मण तिरुवाको घरबाट प्रहरीले थप पाँच किलो सुन बरामद गरेको हो ।

यसअघि प्रहरीले बिहीबार बिहान पुनर्वास नगरपालिका २ दशरथ बस्तीबाट १८ किलो बरामद गरेको थियो। यो सँगै दुइ दिनमा मात्र कंचनपुरामा २३ केजी बढी सुन बरामद गरिएको छ ।

बरामद गरिएको सुन जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरमा राखिएको छ। भारतबाट तस्करी गरी सुन ल्याइएको हुनसक्ने अनुमान प्रहरीको रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *