Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

बिमानस्थलमा नेपालीको सामान जफथ गरिएकोमा एनआरएनएको ध्यानाकर्षण

बिमानस्थलमा नेपालीको सामान जफथ गरिएकोमा एनआरएनएको ध्यानाकर्षण

काठमाडौं, ३ फागुन । गैर आवासीय नेपाली संघ (एनआरएनए ) ले विदेशबाट फर्किने क्रममा नेपालीहरुले ल्याएको सामान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा जफथ गरिएकोमा ध्यानाकर्षण भएको जनाएको छ । संघले विज्ञप्ती जारी गर्दै लाखौं नेपालीले रगत पसिना बगाई कमाएको रकमबाट खरिद गरेको सामान तथा उपहारहरु जफथ गर्दा सम्बन्धित व्यक्तिको आर्थिक क्षति हुनुका साथै भावनामा समेत ठेस पुगेको जनाएको छ ।

‘रेमिट्यान्स मार्फत मुलुककै अर्थतन्त्रमा योग्दान दिइरहेका श्रमजिवी नेपालीहरुले घरयसी प्रयोगका लागि ल्याउने सामान समेत जफथ गरेर आर्थिक र मानसिक यातनाको अनुभव गरिरहनु पर्ने अवस्थाले नेपालको सरकार, विमानस्थलका सम्बन्धित निकाय र त्यहाँ कार्यरत कर्मचारीहरुप्रति समेत नकारात्मक भावना उत्पन्न गरेको छ ’–संघले जारी गरेका विज्ञप्तीमा उल्लेख छ ।

झिटीगुन्टा सम्बन्धमा बनेको नियमलाई अन्तर्राष्ट्रिय मापदण्ड अनुसार समय सापेक्ष बनाउनु पर्ने तथा नयाँ नियम लागु गर्नु भन्दा कम्तिमा ६ महिना अगावै सार्वजनिक रुपमा सूचना दिई कष्टमुक्त बनाउन प्रयास गर्नुपर्ने माग पनि एनआरएनएले गरेको छ । जान–अनजान व्यक्तिगत प्रयोजन एवं परिवारका लागि ल्याइएका सामाग्री बिना झन्झट बिमानस्थलबाट पास गराउने व्यवस्था गर्न र कथम कदाचित तोकिएको भन्दा बढी सामान ल्याएको पाएमा जफथ गर्नुको सट्टा सहज रुपमा भन्सार तिरेर छुटाउन पाउने व्यवस्था मिलाउनु आग्रह पनि संघले गरेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x