Date

शनि, मंसिर २२, २०८१
Sat, December 7, 2024

नेपालको हवाइ सुरक्षा र ब्यवस्थापनमा ईयूको चासो, कालो सुचीबाट हटाउन सकारात्मक

नेपालको हवाइ सुरक्षा  र ब्यवस्थापनमा ईयूको चासो, कालो सुचीबाट हटाउन सकारात्मक

काठमाडौं,४ फागुन । नेपालको हवाइ शुरक्षा र ब्यवस्थापनमा ईयूको चासो राख्दै नेपालको हवाई क्षेत्रलाई कालोसूचीबाट हटाउन सहमत देखिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीलाई भेट गरी नेपालका लागि युरोपेली संघ, बेलायत, फ्रान्स, जर्मनी र फिनल्याण्डका राजदूतले हवाई सुरक्षा चासोका विषयमा विचारविमर्श गरेका हुन् । भेटमा उनीहरुले नेपाललाई हवाई ‘सुरक्षा कालो सूची’बाट हटाउन न्यूनतम मापदण्ड पूरा भएको छ कि छैन, नियामक निकाय प्राधिकरणलाई सेवा प्रदायक र नियामक निकायको रुपमा अघि बढाउने के कस्तो तयारी छ तथा अरू सुरक्षा प्रणाली अपनाउनेबारे कस्तो प्रगति भएको छ भनी जिज्ञासा राखेका थिए । उनीहरुले पछिल्लो समय नेपालको हवाई क्षेत्रमा भइरहेको सुधार र सुरक्षा प्रणालीप्रति सन्तोष व्यक्त गर्दै सुरक्षाको न्यूनतम मापदण्डलाई ख्याल गरिदिए सुची बाट हटाउन पहल थाल्ने बताएका थिए ।

भेटका क्रममा उनीहरुले हालको नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणलाई सेवा प्रदायक र नियामक निकायको रुपमा छुट्याएर जान उपयुक्त हुने सुझाएको मन्त्रालय अधिकारीले जनाएका छन् । जवाफमा पर्यटनमन्त्री अधिकारीले ईयूको चासो नियामक निकायलाई दुई भिन्न निकायको रुपमा स्थापित गर्ने आवश्यक प्रक्रिया अघि बढेको जानकारी गराएका थिए । सन् २०१३ मा नेपालको हवाई सुरक्षा अवस्था कमजोर रहेको भन्दै ईयूले नेपाललाई कालोसूचीमा राखेको थियो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x