एक्सेल डेभलपमेन्ट बैंकले १७ प्रतिशत लाभांश दिने

काठमाडौं, ५ फागुन । एक्सेल डेभलपमेन्ट बैंकले सेयरधनीहरुलाई १७ प्रतिशतका दरले लाभांश वितरण गर्ने भएको छ । बैंकको २१७ औं संचालक समितिको बैठकले गत बर्षको नाफाबाट कर सहित १७ प्रतिशत अर्थात ११ करोड ७७ लाख ५४ हजार ५ सय ७५ रुपैयाँ ७५ पैसा नगद लाभांश वितरणको प्रस्ताव गरेको हो ।

यसका साथै बैठकले हाल कायम रहेको चुक्ता पुँजी ६९ करोड २६ लाख ७३ हजार ९ सय ७५ रुपैयाँको ५५ प्रतिशत हकप्रद सेयर जारी गर्ने विषेश प्रस्ताव पनि गरेको छ । सो हकप्रद सेयर जारी गरे पश्चात बैंकको अधिकृत पुँजी १ अर्ब ५० करोड रुपैयाँ पुग्ने जनाईएको छ ।

उक्त प्रस्ताव आगामी १३ औं बार्षिक साधारण सभामा पेश गरिने छ । बैकले सेयर दाँखिला फागुन २७ गते देखि चैत ११ गते सम्म बन्द रहने छ भने साधारणसभा चैत ११ गते झापाको विर्तामोडमा हुने बैकले जानकारी गराएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *