Date

आइत, मंसिर ९, २०८१
Sun, November 24, 2024

६९ औँ प्रजातन्त्र दिवस मनाइदै

६९ औँ प्रजातन्त्र दिवस मनाइदै

काठमाडौ, ७ फागुन । देशमा प्रजातन्त्र बहाली भएको दिन २००७ फागुन ७ को स्मरणमा आज ६९औँ प्रजातन्त्र दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदैछ। आजैको दिन एक सय ४ वर्षको जहानियाँ राणाशासन अन्त्य भई मुलुकमा प्रजातन्त्र स्थपाना भएको थियो । जनक्रान्तिका माध्यमबाट राणाशासन अन्त्य गरी देशमा प्रजातन्त्र घोषणा भएको यस दिनको गौरवलाई सम्मान गर्दै सरकारले फागुन ७ गते औपचारिक समारोहका साथ दिवस मनाउँदै आएको छ।

दिवस मूल समारोह समितिले  सैनिक मञ्च टुँडिखेलमा औपचारिक समारोहको आयोजना गरेको छ समारोहमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश, सभामुख, उपसभामुखलगायतको उपस्थिति रहेको छ ।

प्रजातन्त्र दिवस मनाउन प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा मूल समारोह समिति र सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाको संयोजकत्वमा प्रचारप्रसार उपसमिति गठन भएको छ। दिवसकै अवसरमा सञ्चार मन्त्रालयले देशभर सञ्चालनमा रहेका सरकारी तथा निजी छापा माध्यम, एफएम रेडियो, टेलिभिजनलगायत अन्य सञ्चारमाध्यमलाई प्रजातन्त्र दिवसको विषयलाई उच्च प्राथमिकता दिई समाचार प्रसारण, बुलेटिन, परिसंवाद, अन्तरक्रिया आदि कार्यक्रम सञ्चालन गर्न आह्वान गरेको छ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x