Date

आइत, मंसिर ९, २०८१
Sun, November 24, 2024

हतारमा मौद्रिक नीतिको मध्यावधि समिक्षा, यस्ता छन् ब्याजदर घटाउने उपाय

हतारमा मौद्रिक नीतिको मध्यावधि समिक्षा, यस्ता  छन् ब्याजदर घटाउने उपाय

काठमाडौं,७ फागुन ।  अर्थमन्त्री डाक्टर युवराज खतिवडाले मौद्रिक नीतिको मध्यावधि समिक्षा मार्फत ब्यजदर घटाइने बताएको एक दिन पनि वित्त नपाउदै राष्ट्र बैंकले ब्यवसायीको माग संवोधनका लागि हतारमा चालु बर्षको मौद्रिक नीतिको मध्यावधि समिक्षा सार्वजनिक गरेको छ । गएराति सार्वजनिक गरिएको समिक्षा मुख्य गरेर ब्यावसयीहरुको माग संवोधनका लागि ब्याज दर घटाउने उपायका साथै तरलता बढाउने उपायहरु केन्द्रित रहेको छ ।

यसका लागि समिक्षा मार्फत राष्ट्र बैकले बैंक तथा वित्तीय संस्थाहरुले प्राथमिक पूँजीको सत् प्रतिशत विदेशबाट ऋण ल्याउन पाउने ब्यवस्था गरेको छ । अहिले ५० प्रतिशतसम्म मात्र ल्याउन पाउने ब्यवस्था थियो। यस्तै बैंकहरुलाई दीर्घकालिन ऋणपत्र जारी गर्न दिने घोषणा पनि गरिएको छ। पुनर्कर्जाको ब्याज १ प्रतिशत बिन्दुले घटाइएको छ। अब ऋणीले बढिमा ८ प्रतिशतमा ऋण पाउने छन्। पुनर्कर्जा कोषलाई ३५ अर्बबाट ५० अर्ब पुर्याइने भएकोछ। राष्ट्र बैंकले ६ महिनाअघि २० अर्बको कोषलाई ३५ अर्ब पुर्याएको थियो।

निश्चित रकमभन्दा माथिको दीर्घकालिन परियोजना कर्जामा ऋणीसँगको सहमतिमा तोकिएको अवधिका लागि ब्याज दर स्थिर गर्न सकिने ब्यवस्था गरिने भएको छ। खासगरी जलविद्युत, अन्य पूर्वाधार तथा ठूला होटलहरुमा यो ब्यवस्था लागू हुने छ। यस्तो छ समिक्षाको पूर्ण पाठ

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x