Date

मङ्ल, बैशाख ११, २०८१
Tue, April 23, 2024

हिमालयन बैंकद्धारा खातावाला मृतकको परिवारलाई ५ लाख रुपैयाँ प्रदान

हिमालयन बैंकद्धारा खातावाला मृतकको परिवारलाई  ५ लाख रुपैयाँ प्रदान

काठमाडौं, ७ फागुन । हिमालयन बैंकले दुर्घटनामा परि निधन आफ्नो ग्राहकको परिवारलाई आर्थिक सहयोग गरेको छ । बैंकले सवारी दुर्घटनामा परि निधन भएका खातावाला ग्राहक स्व. रविराज खनालकी धर्मपत्नी श्रीमती गीता खनाललाई ५ लाख रुपैयाँ “दुर्घटना मृत्यु बिमा” वापत प्रदान गरेको हो ।


बैंकले आफ्ना सम्पूर्ण खातावालाहरुको ५ लाख रुपैयाँ सम्मको निशुल्क दुर्घटना मृत्यू बिमा गरिदिने गरेको छ । बैंकका शाखा प्रबन्धक आत्माराम गौतमले उक्त बीमा वापतको रकम शाखा कार्यालयको हातामा शाखाका अन्य पदाधिकारीहरु तथा शिखर इन्स्योरेन्सका प्रतिनिधी यम काफ्लेको उपस्थितीमा मृतककी श्रीमती गीता खनाललाई हस्तान्तरण गरेका हुन् ।


मृतककी श्रीमती गीता खनालले पतिको असामयिक निधनले परिवारमा ठूलो क्षति र पीडा पु¥याएको बखत बैंकको यस सहयोगले केही मात्रामा भए पनि आर्थिक राहत दिएको बताइन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x