
काठमाडौं, ८ फागुन । अर्थमन्त्री डाक्टर युवराज खतिवडा नेपाल विकास सम्मेलनमा भागलिन वेलायत गएका छन् । वेलायतमा रहदा अर्थमन्त्री खतिवडाले बेलायतस्थित गैर आवासीय नेपालीका प्रतिनिधि तथा नेपाल-बेलायत चेम्बर अफ कमर्सले आयोजना गर्ने विकास तथा लगानीसँग सम्बन्धित कार्यक्रमलाइ संवोधन गर्ने कार्यक्रम रहेको छ। सम्मेलनमा वेलायती संसदका तीन जना माननीय सांसदहरु, काठमाडौंस्थित वेलायती सहयोग नियोगका प्रमुख रुरिक मार्सडेन, वेलायत सरकारका अन्तराष्ट्रिय व्यापार विभागका उप निर्देशक इण्डी म्याक कोब्रेयले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
अर्थमन्त्री खतिवडाले आउदो लगानी सम्मेलनमा बेलायती लगानी कर्तालाइ लगानीका लागि प्रेरित हुने बातवारण निर्माणका लागि आयोजना गरिएको नेपाल विकास सम्मेलनको प्रमुख वक्ताको रुपमा सम्बोधन गर्ने बताइएको छ । त्यहाँ उनले नेपालमा लगानीका लागि बनेको स्थाइत्व र कानुन निर्माण लगाएका परिवर्तित बातवरणका सम्वन्धमा जानकारी गराउने छन् । नेपालले यही चैत १५ र १६ गते आयोजना हुन लागेको लगानी सम्मेलनको आयोजना गर्दै छ ।
Leave a Reply