प्रधानमन्त्री ओली भन्छन्, राजश्व संकलन बढेको छ, आयात घटेको छ
काठमाडौं,८फागुन । प्रधानमन्त्री केपी शर्मा शर्मा ओलीले देशमा राजश्व संकलन बढदै गएको र आयत कम भएको बताएका छन् ।
सुदुरपश्चिम प्रदेश सभाको बैठकलाई संवोधन गर्दै ओलीले देशमा राजश्व संकलनमा वृद्धि भएको बताएका हुन । आन्तरिक उत्पादनलाइ प्रोत्साहन दिन केही बस्तुहरुको आयतलाइ निरुत्साहित गरिएको प्रधानमन्त्रीको भनाइ थियो ।
सुदुरपश्चिम प्रदेशले धेरै विकासको संभावना वोकेको प्रदेश रहेको भन्दै यसको स्रोतको प्रयोगबाट प्रदेश समृद्ध हुँदै जाने बताए । पश्चिम सेती, पचेश्वर परियोजना, चमेलीया आयोजना महाकालि करिडोर, सेती राजमार्गम लगायतका आयोजना आगाढी बढाइने, कृषिकको आधुनिकरण र प्रदेशको पर्यटन विकासमा संघीय सरकारको सहयोग रहने प्रधानमन्त्री प्रतिवद्धता जनाए संघीय सरकारबाट संचालन हुने आयोजनमा प्रदेश र स्थानीय तहसँग सहकार्य पनि हुने उनले बताए ।