Date

शुक्र, असार २०, २०८२
Fri, July 4, 2025

कमिसन बृद्धि लगायतका १० बुँदे माग राख्दै एलपी ग्यास उद्योगीद्वारा आन्दोलनको घोषणा

कमिसन बृद्धि लगायतका १० बुँदे माग राख्दै एलपी ग्यास उद्योगीद्वारा आन्दोलनको घोषणा

काठमाडौं,८ फागुन । नेपाल एलपी ग्यास उद्योग संघले आफ्ना मागहरु सरकारले सम्बोधन नगरेको भन्दै आन्दोलनको चेतावनी दिएका छन् । विगत देखिको कमिसन रकम वृद्धि, नयाँ ग्यास उद्योगको स्विकृती लगायतका १० बुँदे मागलाई बेवास्ता गरेको भन्दै संघले १० दिने अल्टिमेटम दिएको छ । १० दिन भित्र माग सम्बोधन नगरे ग्यास वितरणमा रोक लगाउने चेतावनी छ ।

बुद्यबार पत्रकार सम्मेलन गरि संघका अध्यक्ष गोकुल भण्डारीले विगत ५ बर्ष देखी देश र जनताका लागि घाटामा नै रहेर पनि उद्योग संचालन गरेको तर अब मुलुक राजनैतिक परिवर्तन तथा आर्थिक समृद्धि तर्फ अगाडि बढेको हुँदा सरकारले पनि ग्यास उद्योगको मागहरुलाई पुरा गर्नुपर्ने बताए । माग सम्बोधन नगरिदा उद्योग संचालन गर्नै गाह्रो भएकाले हड्ताल गर्नु परेको उनको भनाई छ ।
त्यस्तै संघले नेपाली नम्बर प्लेटका ग्यास बुलेट सञ्चालनका लागि कूटनीतिक पहल गर्नुपर्ने माग पनि गरेको छ । हाल भारतमा नेपाली व्यवसायीले निर्माण गर्न दिएका बुलेटहरु अलपत्र छन् । भारत सरकारले बिस्फोटको खतरामुक्त प्रमाणित नगर्दा नेपाली व्यवसायीले किनेका बुलेटले ग्यास बोक्न नपाएको उनले बताए ।

आन्दोलन अन्तर्गत फागुन १७ गतेदेखि ग्यासको प्रोडक्ट डेलिभरी अर्डर (पिडिओ) खरद नगर्ने, फागुन २२ गतेदेखि भारतबाटै ग्यास उठाउन बन्द गर्ने, फागुन २५ गतेदेखि सबै भन्सार नाकाबाट ग्यास बुलेट नछुटाउने, फागुन २८ गतेदेखि सबै ग्यास उद्योग बन्द गर्ने र फागुन ३० गतेदेखि ग्यास बिक्रेताबाट ग्यास बिक्री नगर्ने कार्यक्रम रहेको छ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *