Date

शुक्र, बैशाख १४, २०८१
Fri, April 26, 2024

खल्तीको ‘स्मार्ट छोरी’ अभियान सुरु

खल्तीको ‘स्मार्ट छोरी’ अभियान सुरु

काठमाडौं ८, फागुन । खल्ती डिजिटल वालेटले ‘स्मार्ट छोरी’ अभियान सुरु गरेको छ । आज एक कार्यक्रमका बीच ‘खल्ती’का निर्देशक तथा ‘स्मार्ट छोरी’का संयोजक अमित अग्रवालले दश हजार किशोरी र महिलाहरुलाई डिजिटल तथा वित्तीय साक्षरता प्रदान गर्ने उद्धेश्यका साथ सो अभियान सुरु भएको घोषणा गरे ।

देशव्यापी संचालन हुने यो अभियानले किशोरी र महिलाहरु माझ पुगेर उनीहरूको जीवन र समुदायमा परिवर्तन ल्याउने लक्ष्य रहेको कम्पनीले जनाएको छ । स्मार्टफोन बोक्ने र ईन्टरनेटको पहुँचमा रहेका १५ देखि ३५ वर्ष उमेर समूहका नेपाली किशोरी तथा महिलाहरु यो अभियानमा सामेल हुन सक्ने छन् ।

अभियानमा सामेल हुन चाहने किशोरी तथा महिलाहरुले ‘खल्ती डिजिटल वालेट’ एप डाउनलोड गरि उक्त एपको गृह पृष्ठमा दिइएको ‘स्मार्ट छोरी’ ब्यानरमा क्लिक गरी अभियानमा जोडिन सक्ने छन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x