Date

बिहि, बैशाख १३, २०८१
Thu, April 25, 2024

मौद्रिक नीतिको समिक्षामा बैंकिङ क्षेत्रमा नकारात्मक असर पर्ने कुनै व्यवस्था गरिएको छैन : डेपुटी गभर्नर शिवाकोटी

मौद्रिक नीतिको समिक्षामा बैंकिङ क्षेत्रमा नकारात्मक असर पर्ने कुनै व्यवस्था गरिएको छैन : डेपुटी गभर्नर शिवाकोटी

काठमाडौं, ८ फागुन । नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीले राष्ट्र बैंकद्वारा सार्वजनीक अर्धबार्षिक मौद्रिक नीति समिक्षामा बैकिङ क्षेत्रमा नकारात्मक असर पर्ने कुनै पनि नीति परिवर्तन नगरिएको बताएका छन् । बुधबार ट्रायम्फ मिडियाद्वारा आयोजीत कार्यक्रममा डेपुटी गभर्नर शिवाकोटीले हाल मौद्रिक नीतिले लिएको लक्ष्य पूर्ति भए, नभएको बिश्लेषण मात्र गरिएको बताए ।

उनले हाल देशको आर्थिक सुचकहरु केही सकारात्मक रहेको भएपनि देशको आर्थिक विकास र समृद्धिका लागि केही नीतिहरु अझै परिवर्तन गर्नुपर्ने र आगामी मौद्रिक नीतिमा सो व्यवस्थालाई संशोधन गरिने बताए ।

कार्यक्रममा ट्रायम्फ मिडियाले निमार्ण गरेको फाइनान्यल नोटिस् नामक मोवाइल एपको औपचारीक उद्घाटन गरिएको थियो । नेपालको आर्थिक क्षेत्र तथा बैंक, वित्त तथा बीमा क्षेत्रको सम्पुर्ण जानकारी र सोसंग सम्बन्धीत सबै सुचनाहरु उक्त एपको मार्फत लिन सकिने छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x