नक्कली नोट छाप्दाछाप्दै पक्राउ

कास्की,९ फागुन ।  पोखरामा दुइ जना ब्यक्ती नक्कली नोट छाप्दा छाप्दै प्रकाउक परेका छन् ।जिल्ला प्रहरी कार्यालय कास्कीले पोखरा महानगरपालिका वडा नं ५ पस्र्याङस्थित डेरमा नक्कली नोट छाप्दै गर्दा हेटौँडा नगरपालिका– ९ का ३३ वर्षीय प्रेमबहादुर तामाङ र सोही नगरपालिका– १ की २५ वर्षीया सरस्वती बलामीलाई पक्राउ गरेको हो ।

उनीहरुको कोठाबाट ल्यापटप र कलर प्रिन्टर एक÷एक थानसहित एक हजार दरका १९ थान नक्कली नोट र रु एक लाख २८ हजार ४३० नेपाली रुपैयाँ र एक हजार भारतीय रुपैयाँलगायत अन्य सामग्री फेला परेको छ ।  उनिहरले विशेष गरी महिला तथा बालबालिका भएको पसलमा नक्कली नोट दिने गरेको पाइएको प्रहरीले जनाएको छ ।  

Leave a Reply

Your email address will not be published. Required fields are marked *