ज्योति विकास बैंकको ५ नयाँ शाखा संचालनमा

काठमाडौं ९, फागुन । ज्योति विकास बैंक लिमिटेडले पाँच नयाँ शाखा संचालनमा ल्याएको छ । बैंकले भक्तपुरको बोडे, काभ्रेको बनेपा र काठमाडौं साखुँ, बलम्बु र कीर्तिपुरमा नयाँ शाखा संचालनमा ल्याएको हो ।

सम्बन्धित स्थानका स्थानीय तहका पदाधिकारी तथा बैंकका प्रतिनिधिले बुधबार ती नयाँ शाखाहरुको उद्घाटन गरेका हुन । बैंकले हाल ८५ वटा शाखा कार्यालय र २२ वटा एटीएम मार्पmत ग्राहकहरुलाई सेवा उपलव्ध गराउँदै आएको छ । यसै आर्थिक वर्ष भित्र थप ५ वटा नयाँ शाखा तथा थप २७ स्थानमा एटीएम संचालनमा ल्याउने तयारीमा रहेको बैंकले जानकारी दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *