Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

६ महिनामा १८ अर्ब बढी सहुलियतपूर्ण कर्जा लगानी

६ महिनामा १८ अर्ब बढी सहुलियतपूर्ण कर्जा लगानी

काठमाडौं, १० माघ । चालू आर्थिक बर्षको छ महीनामा बैंकहरुले रु १८ अर्ब ६१ करोड बराबरको सहुलियतपूर्ण कर्जा लगानी गरेका छन्  । नेपाल राष्ट्र बैंकले हालै सार्वजनिक गरेको चालू आवको मौद्रिक नीतिको अर्धवार्षिक समीक्षामा बैकहरूले प्राथमिकता प्राप्त क्षेत्रमा तोकिएबमोजिम कर्जा लगानी कम गरेपनि सहुलियत पूर्ण कर्जामा १८ अर्ब बढी लगानी गरेका छन् ।  सरकारबाट पाँच प्रतिशत ब्याज अनुदानमा प्रवाह गरिने कृषि तथा पशुपक्षी व्यवसाय कर्जा लिनेको सङ्ख्या १० हजार ४८४ ऋणि रहेका छन् । उनीहरुले रु ८८ करोड ७७ लाख बराबरको ब्याज अनुदानसमेत प्रदान गरिएको राष्ट्र बैंकले जनाएको छ ।

यस्तै विपन्न वर्ग कर्जातर्फ चालू आवको छ महीनामा रु एक खर्ब ६१ अर्ब ३६ करोड बराबरको लगानी भएको छ । वाणिज्य बैंक, विकास बैंक र वित्त कम्पनीले आफ्नो कूल कर्जा लगानीको न्यूनतम पाँच प्रतिशत विपन्न वर्गमा लगानी गर्नुपर्ने व्यवस्था रहेको छ । कूल कर्जाको ५ दशमलव ९ प्रतिशत सो क्षेत्रमा लगानी भएको छ । यस्तै गत पुस मसान्तसम्म रु दुई अर्ब ६५ करोड बराबरको लगानी भूकम्पपीडित कर्जा उपलब्ध भएको छ । एक हजार ५५८ जनाले त्यस्तो कर्जा लिएको बैंकको विवरणमा उल्लेख छ । केन्द्रीय बैंकले प्राथमिकता प्राप्त क्षेत्र कर्जाका रुपमा ऊर्जा र पर्यटनमा न्यूनतम १५ प्रतिशत लगानी गर्नुपर्ने व्यवस्था गरेको छ । तर वाणिज्य बैंकले गएको छ महिनामा ऊर्जामा ४ दशमलव २१ प्रतिशत र पर्यटनमा ४ दशमलव ४० प्रतिशत मात्रै लगानी गरेका छन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x