Date

बुध, मंसिर १२, २०८१
Wed, November 27, 2024

सरकारी चिकित्सक आन्दोलमा, आकस्मिक सेवा वाहेकका सम्पूर्ण सेवा ठप्प

सरकारी चिकित्सक आन्दोलमा, आकस्मिक सेवा वाहेकका सम्पूर्ण सेवा ठप्प

काठमाडौ,१० फागुन ।  सरकारले पूर्व सहमति विपरित समायोजन पक्रिया अगाडी बढाएको भन्दै सरकारी चिकित्सकहरु आकस्मिक सेवा वाहेकका सम्पूर्ण सेवा ठप्प पारेर आन्दोलनमा उत्रिएका छन् । सरकारले अपमानित तरिकाबाट समायोजन गर्न खोजेको भन्दै विरोध सरुप बुधवार मात्र सवै विवादमा बसेका सरकारी चिकित्सकहरु आज भने आकस्मिक सेवा वाहेका सेवा ठप्प पार्दै आन्दोलनमा आएका हुन ।

सरकारी चिकित्सक संघ नेपाल गोदानले विज्ञप्तिमार्फत सरकारले आफ्नो कदम नसच्याएसम्म आफुहरुको आन्दोलन नरोकिने जनाएको छ । सरकारी डाक्टरहरुको संघ गोदनको आह्वानमा काठमाडौं उपत्यकाका सरकारी चिकित्सकहरुले आज विहान बिहान १० बजे वीर अस्पतालबार्ट याली निकालेका छन् । सरकारी चिकित्सकहरुले समाजोजनका विषयमा सरकारले गरेको निर्णय नसच्याए सामुहिक राजीनामा दिने तयारी गरेका छन् । त्यसका लागि उनीहरुले हस्ताक्षर संकलन अभियान सुरु गरेका छन् ।

समायोजनका विषयमा यस अघि स्वास्थ्य मन्त्रालयसाग गरिएको माग संवोधन नभएपछि नभएपछि शुक्रबार आकस्मिकबाहेकका सम्पूर्ण सेवा ठप्प पारेर आन्दोलनमा उत्रिन परेको सरकारी चिकित्सक संघ गोदानका महासचिव डा. रविन खड्काले बताए ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x