Date

मङ्ल, अशोज २९, २०८१
Tue, October 15, 2024

प्रदेश २ मा छोरी शिक्षा बीमा मुद्दती बचत कार्यक्रम लागु

प्रदेश २ मा छोरी शिक्षा बीमा मुद्दती बचत कार्यक्रम लागु

काठमाडौं,१० फागुन । प्रदेश २ मा छोरी शिक्षा बीमा मुद्दती बचत कार्यक्रम लागु गरिएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रदेश नं २ सरकारको ‘बेटी पढाऊ बेटी बचाऊ’ अभियान अन्तर्गत छोरी शिक्षा बीमा मुद्दती बचत खाताको शुभारम्भ गरिन । वीरगञ्जको त्रिजुद्ध माध्यमिक विद्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा राष्ट्रपति भण्डारीले यस कार्यक्रमकको शुभारम्भ गरेकी हुन । जसका लागि प्रदेश दुइ सरकारले यस अभियानका लागि आर्थिक वर्ष २०७५ । ७६ मा करीब रु ८९ करोड विनियोजन गरेको छ ।

प्रदेश नं. २ अन्र्तगत रहेका ८ जिल्लाका एक÷एक पालिकामा मात्रै शुरु गरिएपनिपछि यसलाई विस्तार गर्दै लैजाने उद्देश्य सरकारले लिएको छ। छोरी जन्मेको ३५ दिनभित्र जन्मदर्ता गरी आवश्यक प्रक्रिया पुरा गरेपछि प्रदेश सरकारले बैंकमा निश्चित रकम जम्मा गरिदिनेछ । त्यो रकम २० वर्ष उमेर पुरा भएपछि झिक्न मिल्छ। रकम झिक्ने बेला सम्म छोरीले  १ लाख २५ हजार रुपैयाँ पाउने बताइएको छ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x