Date

शुक्र, बैशाख ७, २०८१
Fri, April 19, 2024

पोखरा देखि पर्वत जोड्ने केवलकार निर्माण गरिने

पोखरा देखि पर्वत जोड्ने केवलकार निर्माण गरिने

काठमाडौं ९, फागुन । पञ्चासे केवलकार एण्ड टुर्सले पोखराको घाँटी चिना देखि पर्वतको पञ्चासे ताल सम्म केवलकार निर्माण गर्ने भएको छ । कुल ११ अर्ब ३८ करोड ५० लाख रुपैयाँको लागतमा निर्माण गर्न लागिएको उक्त केवलकार आगामी आर्थिक वर्ष देखि निर्माण सुरु हुने कम्पनीले जनाएको छ।

केवलकारको दुरि ८. ५ किलोमिटर हुने पञ्चासे केवलकार एण्ड टुर्सका अध्यक्ष रामचन्द्र शर्माले जानकारी दिए । केवलकार संचालनका लागि जग्गा भाडामा लिई सकेको पनि शर्माले जानकारी दिए ।

यो आयोजनामा पर्वत, कास्की र स्याङ्जाका सर्वसाधारणहरु सहित पत्रकार, मिडिया हाउस, नेपाल प्रहरी, नेपाली सैनिक, विदेशमा भएका नेपालीहरुले पनि सेयर हाल्न पाउने छन् ।
कुल लगानी मध्ये ४० प्रतिशत कम्पनीले ब्यहोर्ने छ भने ६० प्रतिशत बैक मार्फत कर्जा लिइने छ

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x