Date

शुक्र, बैशाख ७, २०८१
Fri, April 19, 2024

सामुहिक लगानी कोष मार्फत लगानी गर्न गैरआवासीय नेपालीलाई अर्थमन्त्रीको आग्रह

सामुहिक लगानी कोष मार्फत लगानी गर्न गैरआवासीय नेपालीलाई अर्थमन्त्रीको आग्रह

काठमाडौं, ९ फागुन । अर्थमन्त्री डा. युवराज खतिवडाले गैरआवासीय नेपालीलाई सामुहिक लगानी कोषमा आएर नेपालमा लगानी गर्न आग्रह गरेका छन् । मन्त्री खतिवडाले गैरआवासीय नेपाली संघ युकेले आयोजना गरेको कार्यक्रममा नेपालमा लगानीको उपयुक्त अवसर बनेको भन्दै सामुहिक लगानी कोष मार्फत लगानी गर्न आग्रह गरेका हुन् ।

विदेशी मुद्रामा लगानी गर्नेलाई विदेशी विनिमयको हेजिङको व्यवस्था भएको भन्दै उनले सबै देशले पनि पूँजी खाता नियमन गर्ने व्यवस्था भएको स्मरण गराए । नेपालमा करका दरहरु बढेका नभई सुधार गरिएको पनि मन्त्री खतिवडाको भनाई थियो ।

कार्यक्रममा गैरआवासीय नेपाली संघ युकेका अध्यक्ष, महासचिव तथा पदाधिकारीहरुले नेपालमा लगानीका बारेमा चासो राखेका थिए । २९ र ३० मार्च २०१९ मा नेपालमा आयोजना हुन लागेको लगानी सम्मेलनको तयारीका लागि लन्डनमा आयोजित नेपाल विकास सम्मेलनमा सहभागी हुन अर्थमन्त्री खतिवडा मंगलबार लन्डन गएका हुन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x