धितोपत्र बोर्ड अध्यक्षले अपमान गरेको ब्रोकरहरुको आरोप

काठमाडौं, ९ फागुन । नेपाल धितोपत्र बोर्डका अध्यक्ष डा. रेवतबहादुर कार्कीले आफूहरुलाई अपमानित गरेको भन्दै ब्रोकरहरुले सामूहिक ज्ञापनपत्र बुझाएका छन् । बोर्ड अध्यक्ष कार्कीले गएको मंगलबार अर्थ समितिको बैठकमा ब्रोकरहरुलाई अपमानित हुने गरी गाली गरेको उनीहरुको आरोप छ ।

अध्यक्ष कार्कीले पुँजी बजारको विकासका लागि भन्दा आवश्यक सहयोग गर्नुको साटो अनावश्यक कुरा गरेर अपमान गर्न खोजेको उनीहरुको भनाई छ । पुँजीबजारको विकासका लागि पुँजी र प्रविधिमा लगानी गरिसकेको अवस्थामा सहजिकरण गर्नुपर्ने बोर्ड झुटो बयान दिदै हिडेको ब्रोकरहरुले अरोप लगाएका छन् ।

अनावश्यक बिबाद सृजना नगरि धितोपत्र बजारको विकासमा सहयोगी बन्न समेत बोर्ड अध्यक्षलाई भनेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *