Date

शुक्र, बैशाख ७, २०८१
Fri, April 19, 2024

अन्तिम दिन ०.८४ अंकले बढेर बन्द भयो सेयर बजार

अन्तिम दिन ०.८४ अंकले बढेर बन्द भयो सेयर बजार

काठमाडौं, ९ फागुन । साताको अन्तिम कारोबार (बिहिबार) सेयर बजारमा सामान्य सुधार देखिएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ०.८४ अंकले बढेर १,११३.०७ विन्दुमा कारोबार बन्द भएको छ ।

सो दिन नेप्सेमा कुल १ सय ५५ कम्पनीका ४,७५,७६६ कित्ता सेयर खरिद बिक्री हुँदा १६ करोड ४४ लाख ७८ हजार ६ सय ८८ रुपैयाँ बराबरको कारोबार भएको छ । कारोबारमा चौतारी लघुवित्त वित्तिय संस्थाले अग्रता लिएको छ । संस्थाको २ करोड रुपैयाँ भन्दा बढीको कारोबार गरेको छ भने यसै संस्थाका लगानीकर्ताहरुले नै आज सबै भन्दा बढी कमाएका छन् । संस्थाको प्रतिसेयर मुल्य ९.८७ प्रतिशतले बढेको छ । हिमालयन डिस्टिलरी लिमिटेडका लगानीकर्ताहरुले सबैभन्दा बढी गुमाएका छन् । जसको प्रतिसेयर मुल्य ३.९०३४८ प्रतिशतले घटेको छ ।

यसैगरि बिहिबार नेप्सेमा सुचिकृत १० वटा समुह मध्ये जलविद्युत समुह मात्र घटेको छ भने बाँकी सबै समुहरुको परिसुचक बढेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x