समाज कल्याण परिषदको अनियमितता छानविनमा अख्तियार

काठामाडौं, १० फागुन । सरकारक अनियिमिततामा मुछिएका समाज कल्याण परिषद्का पदाधिकरीको फाइल अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पठाएको छ ।  समाज कल्याण परिषद्का उपाध्यक्ष श्री नीलमणि बराल, कोषाध्यक्ष श्री वीरबहादुर ठगुन्ना, सदस्य श्री इन्द्रकुमार झा, सदस्य श्री गोकर्णप्रसाद भट्ट र सदस्य–सचिव श्री डिल्लीप्रसाद भट्टले बदनीयतपूर्ण र कानूनविपरीत कार्यहरूसमेत गरी समाज कल्याण परिषद्लाई हानी पुर्‍याएकाले उनिहरुमाथि थप छानविनका लागि अख्तियारमा पठाएको हो । यस्तै सरकारहरुले  निजहरूलाई पदमुक्त गर्ने र समाज कल्याण परिषद्मा भएका आर्थिक, प्रशासनिक लगायतका अनियमितताका सम्बन्धमा प्रचलित कानुनबमोजिम थप अनुसन्धान गरी कानुनी कारबाही गर्न उक्त प्रतिवेदनको प्रतिलिपि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पठाउने निर्णय गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *