Date

शुक्र, बैशाख १४, २०८१
Fri, April 26, 2024

मेलम्चीबाट सिएमसी भाग्नुमा खानेपानी मन्त्री र सचिवबीच आरोप– प्रत्यारोप, छानविन खै !

मेलम्चीबाट सिएमसी भाग्नुमा खानेपानी मन्त्री र सचिवबीच आरोप– प्रत्यारोप, छानविन खै  !

काठमाडौं, १० फागुन । मेलम्ची खानेपानी आयोजनाका अनुसार ९५ प्रतिशत काम सम्पन्न भइसकेको छ । ५ प्रतिशत काम मात्र बाँकी रहदा इटालियन ठेकेदार कम्पनी सिएमसीले काम छाडेर पछि आयोजना कसरी अद्धि बढाउने भन्ने अन्यौलता कायमै छ ।

यो बीचमा सिएमसीलाइ काममा फर्काउन खानेपानी मन्त्री बीना मगरले विभिन्न प्रयासहरु गरेको बताएकी छिन् । तर उक्त प्रयास असफल भएपछि मन्त्रालयका सचिव गजेन्द्र ठाकुर सरुवामा परे ।
विचौलियाले अस्वभाविक रुपमा रकम दिलाउने गरि सिएमसीलाई फर्काउन लागेको तर आफुले रोकेको दाबी स्वयंम सचिवले गरेका छन् । सिएमसिलाई फेरी काममा फर्किएको खण्डमा राज्यलाई सात अर्व रुपैयाँ भार पर्ने ठाकुरले संचारमाध्यमहरुलाई जनाएका छन् ।

उनी नेपाल ट्रष्टको कार्यालयमा सरुवा भइसकेका छन् । यति मात्र होइन मन्त्री र सचिवले एक अर्कालाई अनियमितताको आरोप पनि लगाएका छन् । सिएमसीलाई फर्काएर मन्त्रीले कमिसन लिन खोजेको सचिव र सिएमसीले काम छोड्नुमा सचिवसँग कमिसनको कुरा नमिल्न कारण रहेको मन्त्रीको आरोप छ ।

काम गर्ने क्रममा मन्त्री र सचिवबीच मत बाझिनु कुनै नौलो कुरा होइन । यस्ता दृष्टान्तहरु हामी कहाँ प्रशस्त छन् । तर सार्वजनीक रुपमै एकले अर्कोलाई आर्थिक कमिसनको खान खोजेको आरोप लगाउनु र बहुप्रतिक्षित आयोजनाको काम प्रभावित हुनुलाई पनि सामान्य मान्न सकिदैन । त्यसर्थ यो विषयमा गम्भीर छानबिन गरी सत्यतथ्य बाहिर ल्याउन आवश्यक छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x