Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

मोरङ्गको मधुमल्लामा राष्ट्रिय बाणिज्य बैंकको शाखा शुभारम्भ

मोरङ्गको मधुमल्लामा राष्ट्रिय बाणिज्य बैंकको शाखा शुभारम्भ

काठमाडौं, ११ फागुन ।  राष्ट्रिय वाणिज्य बैक लिमिटेडको मोरङ्ग जिल्लाको मिल्काजुङ्ग गांउपालिका वडा नम्बर–९ स्थित शाखा कार्यालय मधुमल्लाको औपचारिक रुपमा शुभारम्भ गरिएको छ ।

नेपाल सरकार अर्थ मन्त्रालयका आर्थिक सल्लाहकार डा. रामशरण खरेल र बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठलेले संयुक्त रुपमा शनिबार एक समारोहका बीच औपचारीक रुपमा मधुमल्ला शाखाको समुद्घाटन गर्नुभयो ।

समारोहमा प्रमुख अतिथि डा. रामशरण खरेलले राष्ट्रिय वाणिज्य बैंक देशकै ब्राण्ड एम्बासडर बन्नुपर्ने बताउंदै सरकारी नीति तथा कार्यक्रमलाई थप सघाउ पुर्याउनुपर्ने बताउनुभयो । बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले समृद्ध नेपाल सुखी नेपाली अभियानलाई सार्थकता बनाउन बैंकले सहुलियतपूर्ण कर्जा प्राथमिकताका साथ लगानी गरिरहेको बताउनुभयो ।

बैकको प्रदेश नम्बर १ का निमित्त प्रमुख ऋषब भट्टराईको सभापतित्वमा सम्पन्न उक्त समारोहमा मिल्काजुङ्ग गांउपालिकाका अध्यक्ष देबीप्रसाद आचार्य, उर्लाबारी उद्योग वाणिज्य संघका अध्यक्ष प्रितम खड्गी, नेको इन्सुरेन्सका प्रमुख कार्यकारी अधिकृत विश्व तिमिला, स्थानीय राजनीतिक दलका प्रतिनीधि, उद्यमी व्यवसायी तथा सर्वसाधारणको उपस्थिति रहेको थियो । यो समेत बैंकको शाखा कार्यालयको संख्या २१७ पुगेको छ । हाल बैंकको ७७ जिल्लामा २१७ वटा शाखा कार्यालय, १६५ वटा एटिएम र ९३ वटा शाखा रहित बैंकिङ्ग रहेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x