सातामा ९९ करोड ५ लाखको सेयर कारोबार

काठमाडौं, ११ फागुन । यो साता नेपाल स्टक एक्सचेन्ज (नेप्से) पहिलो दिनको तुलनामा अन्तिम दिन ३.९८ अंकले माथि चढेको छ। साताको ५ कारोबार दिनमा ४५ लाख ७६ हजार ८ सय ४१ कित्ता सेयर खरिद बिक्री हुँदा ९९ करोड ५ लाख रुपैयाँ भन्दा बढी कारोबार भएको थियो ।

साताको पहिलो दिन आइतबार नै नेप्से ३.१५ अंकले घटेर १,१०९.७२ को बिन्दुमा बन्द भएको थियो । आइतबार कुल १ सय ७३ कम्पनीको ८,२८,८५३ कित्ता सेयर खरिदबिक्री भई २१ करोड ७ लाख ३२ हजार बराबरको कारोबार भएका थियो ।

त्यस्तै सोमबार नेप्से ७.२१ अंकले घटेर १,१०२.५१ को बिन्दुमा पुगेर कारोबार बन्द भएको थियो । सो दिन ८,७६,२०८ कित्ता सेयर खरिद बिक्री हुँदा २३ करोड ४५ लाख ९४ हजार बराबरको कारोबार भएको हो । मंगलबार भने नेप्से २२.४४ अंकले बढेर १,१२४.९६ को बिन्दुमा पुगेर बन्द भएको थियो । सो दिन केन्द्रिय बैंकले मौद्रिक नीतिको अर्थ वार्षिक समीक्षा सार्वजनिक गरेपश्चात नेप्सेमा वृद्धि देखिएको हो । उक्त दिन १ सय ६७ कम्पनीको ७,१४,८७६ कित्ता सेयर खरिदबिक्री भई २१ करोड ४५ लाख ८८ हजार बराबरको कारोबार भएको थियो ।

यसैगरि बुधबार नेप्से १२.७२ अंकले घटेर १,११२२३ को बिन्दुमा पुगेर बन्द भएको थियो । उक्त दिन १ सय ६२ कम्पनीको ६,८१,१३८ कित्ता सेयर खरिदबिक्री भई १६ करोड ६१ लाख ७३ हजार बराबरको कारोबार भएको हो । साताको अन्तिम दिन बिहिबार पनि ०.८४ अंकले बढेर १,११३.०७ को बिन्दुमा पुगेर बन्द भएको थियो । सो दिन १ सय ५५ कम्पनीको ४ लाख ७५ हजार ७६६ कित्ता सेयर खरिदबिक्री भई १६ करोड ४४ लाख ७८ हजार रुपैयाँ बराबरको कारोबार भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *