गौतम बुद्ध विमानस्थलको निर्माण कार्य असार भित्रै सम्पन्न गरिने

काठमाडौं, १२ फागुन । सरकारले राष्ट्रिय गौरवको आयोजना गौतम बुद्ध विमान स्थलन निर्माणको कार्यालाई तिव्रता दिएको छ । आउदो भदौदेखि नै परिक्षण उडान शुरु गर्ने गरी विमान स्थल कार्यको निर्माणलाइ अगाडी बढाइएको हो । गौतम बुद्ध विमानस्थल आयोजना प्रमुख प्रवेश अधिकारीका अनुशार हाल सम्म विमान स्थल निर्माणको ६७ प्रतिशत कार्य सकिएको छ । विमानस्थलको धावनमार्गको तेस्रो चरणको कालोपत्र सकिएको छ । अधिकारीका अनुशार तेस्रो चरणको काम सकिन साथ चौथो तहको कालोपत्र शुरु हुनेछ । कूल ४५ मिटर चौडाइ र ३ हजार मिटर लामो धावनमार्ग निर्माण भएको छ ।

कालोपत्र सकिएपछि बत्ति ब्यस्थापन बाहेक विमानस्थलको निर्माण करीब पुरा हुने बताइको छ । बढीमा २० दिनभित्र चौथो चरणको कालोपत्र सकेर बत्ती व्यवस्थापनलगायत काम गर्ने सोचमा आयोजना रहेको छ ।

यसै गरी ट्याक्सी पार्किङस्थल पिच गर्न ठिक्क पारिएको छ । टर्मिनल भवन निर्माण अन्तिम चरणमा पुगेको छ । यस्तै ‘कन्ट्रोल टावर’को कामसमेत अन्तिम चरणमा पुग्न लागेको छ । दैनिक चार सयभन्दा बढी मजदुरले नियमित रूपमा काम गरिरहेका छन् । आयोजनाको सम्पन्न गर्रन करिव ६  अर्ब २२ करोड ५१ लाख २० हजार ११८ लाग्ने बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *