एनसिसि बैंक र प्रिमियर इन्स्योरेन्सबीच बीमा सेवामा सहकार्य गर्ने

काठमाडौं, १२ फागुन । नेपाल क्रेडिट एण्ड कमर्स बैंक (एनसिसि)र प्रिमियर इन्स्योरेन्स कम्पनी (नेपाल) बीच बीमा सेवामा सहकार्य गर्ने सम्झौता भएको छ । सम्झौता अनुसार एनसिसि बैंकको कर्पोरेट तथा बिभिन्न शाखा कार्यालयहरुबाट बैंकका ग्राहकरुले प्रिमियर इन्स्योरेन्सले प्रदान गर्ने निर्जीवन बीमा सम्बन्धी सेवा सुविधाहरु प्राप्त गर्न सक्नेछन् ।

सम्झौतामा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत रमेशराज अर्याल र इन्स्योरेन्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुद्युम्न प्रसाद उपाध्यायले हस्ताक्षर गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *