अन्तर्राष्ट्रिय व्यापार मेला चैत दोस्रो साता
काठमाडौं, १३ फागुन । चैत दोश्रो साताबाट काठमाडौंमा नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला हुने भएको छ । नेपाल उद्योग वाणिज्य महासंघको आयोजानमा काठमाडौंको भृकुटीमण्डपमा चैत १४ देखि १८ गते सम्म हुने मेलामा भारत पाकिस्तान, बंगलादेश , चीन, थाइल्याण्ड, म्यानमार लगायत मुलुकको सहभागिता रहनेछ ।
मेलामा ३ सय बढी स्टल मार्फत स्वदेशी एवं विदेशी वस्तु तथा सेवाको प्रर्दशनी गरिने छ । मेलामा चीनबाट ८०, भारतबाट १०, पाकिस्तानबाट १५, बंगलादेशबाट ४० वटा स्टलहरु बुकिङ भईसकेको तथा नेपाली हस्तकला र एनटी आईएस बस्तुहरुको समेत गरि ५०स्टल बुकिङ भईसकेको महासंघले जनाएको छ ।
मेलाले नेपाली उत्पादन र बस्तु विश्वसामु चिनाउनुको साथै विश्व बजारीकरणको लागि ठुलो सहयोग पुर्याउने विश्वास लिइएको छ।