Date

बुध, बैशाख २६, २०८१
Wed, May 8, 2024

काठमाडौंको मलका व्यवसायी आन्दोलित

काठमाडौंको मलका व्यवसायी आन्दोलित

काठमाडौं, १५ फागुन । काठमाण्डौं मलका व्यापारीहरु आन्दोलनमा उक्रिएका छन् । कर्मचारी संचक कोषले २१ दिन भित्र व्यापारीहरुलाई मल खाली गर्न सुचना जारी गरे पश्चात ३ सय भन्दा बढी व्यापारीहरुले मल खाली गर्दा अर्बौको घाटा पर्ने भन्दै आन्दोलनको घोषणा गरेका हुन ।

सरकारी स्वामित्वको संचयकोषद्वारा निर्मित सो भवन सम्वन्धी संचयकोषले स्पष्ट नीति नलिँदा व्यवसायीहरु समस्यामा परेको गुनासो गरेका छन् । ब्यापार संघले काठमाण्डौं मलमा बढी चलखेल हुँदा व्यवसायी सधै त्रसित हुन परेको पनि बताएको छ । संघका अध्यक्ष सुष्मा महराले सञ्चय कोषमा केहि विचौलिया बसेकाले व्यवसायीलाई तर्साउने गतिबिधी गरेको बताइन ।

मलमा ३ सय व्यवसायीहरु जोडिएको भन्दै उनीहरुले आफ्नो व्यवसायलाई नाफामुखी मात्रै नभइ सेवामुखी समेत बनाएको बताए । कोषको पछिल्लो निर्णयले व्यवसायीहरुलाई ढुक्क भएर आफ्नो व्यवसाय गर्ने वातावरण बनाउनको सट्टा फेरि पनि अस्थिरता सिर्जना गरेको संघको दाबी छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x