Date

शुक्र, बैशाख १४, २०८१
Fri, April 26, 2024

सैनिकका छोरा छोरीलाई प्रभु बैंकले शैक्षिक कर्जा दिने

सैनिकका छोरा छोरीलाई प्रभु बैंकले  शैक्षिक कर्जा दिने

काठमाडौं, १५ फागुन । सैनिक कल्याणकारी कोष जंगी अड्डा र प्रभु बैंक लिमिटेड बीच शैक्षिककर्जा सम्बन्धी सम्झौता भएको छ । सैनिकका जेहेन्दार सन्ततीहरुलाई शैक्षिककर्जा उपलब्ध गराउने उद्धेश्य सहित दुई पक्षबीच सम्झौता भएको छ ।

सो सम्झौता पत्रमा सैनिक कल्याणकारी कोष जंगी अड्डाका तर्फबाट उपरथी ताराध्वज पाण्डे र प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले हस्ताक्षर गरेका छन् ।

सैनिक कल्याणकारी कोषको सिफारिसमा बहालवाला तथा अवकास प्राप्त सकलदर्जाका सैनिकहरुका छोरा छोरीहरुलाई स्वदेश तथा विदेशमा प्राविधिक विषय अन्तर्गतका चिकित्साशास्त्र, ईन्जिनियरिङ्ग, सूचनाप्रविधि, कृषि र पशु विज्ञान तथा वन विज्ञान संकायमा स्नातक वा सो भन्दा माथिल्लो तहको शिक्षा हाँसिल गर्नका लागि बैंकले कर्जा उपलब्ध गराउने छ । कर्जा सुविधा रकम सहुलियतपूर्ण ब्याजदरमा अधिकतम् २५ लाख रुपैयाँ सम्मको हुने जनाइएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x