Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

‘दोस्रो साना किसान सम्मेलन’ सुरु, उद्घाटन भने भोली

‘दोस्रो साना किसान सम्मेलन’ सुरु, उद्घाटन भने भोली

काठमाडौं १६, फगुन । साना किसान विकास लघुवित्त वित्तीय संस्थाको आयोजानमा आज देखि काठमाडौंमा ‘दोस्रो साना किसान सम्मेलन–२०७५’ सुरु भएको छ ।

आज र भोली दुई दिन चल्ने उक्त सम्मेलनको आज उद्घाटन सत्र भएपनि हिजो भएको विमान दुर्घटनामा परि पर्यटन मन्त्री सहित सात जनाको निधन पछि सरकारले राष्ट्रिय शोक मनाउने घोषणा गरेकाले सम्मेलनको कार्यतालिकामा केही परिमार्जन गरिएको थियो ।

सोही अन्तर्गत आज पहिलो दिन ‘नेपाल सरकारका विभिन्न तहबाट कृषि विकासका लागि सञ्चालित कार्यक्रमहरु र साना किसान कृषि सहकारी संस्थाको भूमिका’, साना किसान कृषि सहकारी संस्था र स्थानीय निकायबीच सहकार्य एवं –एक अनुभव र राज्यको संघीय संरचनामा सहकारीको व्यवस्थापनः अवसर र चुनौती लगायतका विषयमा समुहगत छलफल भएको थियो । सो विषयमा सम्बन्धित विज्ञहरुले कार्यपत्र प्रस्तुत गरेका थिए ।

सम्मेलनमा देशभरका करिब १ हजार साना किसान प्रतिनिधि एवं विभिन्न क्षेत्रका राष्ट्रिय अन्तर्राष्ट्रिय विज्ञ, अन्वेषक, अध्येता, विद्यार्थी, योजनाविद तथा नीति निर्माताको सहभागिता रहेको छ । कृषिको रुपान्तरण एवं उद्यमशीलताको विकासले रोजगारी एवं उत्पादनमा वृद्धि भई ‘सम्वृद्ध नेपाल, सुखी नेपाली’को सरकारी लक्ष्यलाई सफल बनाउन सम्मेलनले सहयोग पु¥याउने विश्वास आयोजकको छ ।

सम्मेलनको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले भोली गर्ने छन् । संस्थाले प्रत्येक चार वर्षमा सम्मेलन आयोजना गर्ने गर्दछ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x