पश्चिम सेती जलविद्युत् परियोजना सुदूरपश्चिमवासी नै बनाउछन् – कांग्रेस सभापति देउवा

 काठमाडौं,१८ फागुन । राष्ट्रिय गौरवको आयोजना पश्चिम सेती जलविद्युत् परियोजना सुदूरपश्चिमवासिलाइ बनाउन दिनुपर्नेमा नेपाली काङ्ग्रेसका सभापति  एव पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले बताएका छन् ।  

सुदूरपश्चिम ठूलो सम्भावना बोकेको प्रदेश भएकाले गौरवको योजनालाई यहीँका जनताले बनाउनुपर्ने भनाइ नेता देउवाको थियो ।

प्रदेशस्तरीय व्यापार मेला तथा कञ्चनपुर पर्यटन महोत्वसमा सहभागि देउवाले विकासका लागि पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका जलविद्युत  परियोजनाको शेयर सुदूरपश्चिवासीलाई दिनुपर्ने र त्यसको नाफा पनि यहाँका जनतालेनै पाउनुपर्नेमा जोड दिनुभयो । “जलविद्युत्का दृष्टिकोणले यो प्रदेश सबैभन्दा धनी प्रदेश बन्न सक्छ, कर्णाली यहीँ छ, सेती र महाकाली यहीँ छन्, प्राकृतिक साधनको उचित प्रयोग गर्नु आवश्यक छ,” उहाँले भन्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *