Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

भेरी–बबई डाइभर्सन आयोजनाको सुरुङ चैत्र भित्रै ब्रेक थ्रु हुने

भेरी–बबई डाइभर्सन आयोजनाको सुरुङ चैत्र भित्रै ब्रेक थ्रु हुने

काठमाडौं, १८ फागुन । निर्माणाधीन भेरी–बबई डाइभर्सन आयोजनाको सुरुङ खन्ने काम चैत महिनामा नै ब्रेक थ्रु गरिने भएको छ । आयोजनाको ९ सय मिटर मात्र सुरुङ खन्न बाँकी छ । आयोजनाको कुल १२ किलोमिटर लामो सुरुङमध्ये हालसम्म ११ दशमलव १०० मिटर खन्ने काम सकिएको आयोजनाले बताएको छ ।

आयोजना निर्देशक सञ्जिव बरालका अनुशार ढिलोमा चैतभित्र आयोजनाको सुरुङ खन्ने काम सम्पन्न हुने छ । “सुरुङ खन्न विशेष प्रविधियुक्त टनेल बोरिङ मेसिन (टीबीएम) ले गरिरहेको छ, टीबीएम प्रविधि प्रयोग भएको यो नेपालको पहिलो सुरुङ आयोजना हो । निर्देशक बरालले भने ।  निर्धारित समयभन्दा एक वर्षअघि नै आयोजनाको सुरुङ खन्ने काम सकिने दाबी आयोजना पक्षले गरेको छ ।

सुर्खेतको भेरीगंगा नगरपालिकास्थित चिप्लेमा १५ मिटर अग्लो बाँध बनाएर सुरुङमार्फत प्रतिसेकेन्ड ४० घनमिटर भेरीको पानी बबईमा खसालिने आयोजनाको लक्ष्य छ ।भेरीको पानी सुर्खेत र बर्दियाको सिमानास्थित बबई नदीमा खसालेर ४८ मेगावाट विद्युत् उत्पादनसँगै बाँके र बर्दियाको ५१ हजार हेक्टर खेतीयोग्य जमिनमा सिँचाइ पुग्ने छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x