Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

दार्चुलाको राताकाठोमा भएको जीप दुर्घटनामा ११ को मृत्यु

दार्चुलाको राताकाठोमा भएको जीप दुर्घटनामा ११ को मृत्यु

काठमाडौं,१८ फागुन । गयराति दार्चुलाको राताकाठामा भएको जिप दुर्घटनामा ११ जनाको मृत्यु भएको छ ।  मुत्यु हुने ११ जनामध्ये आठ जनाको सनाखत भएको छ। मृतकमध्ये दुई जना बैतडी र नौ जना दार्चुलाको रहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ। तीमध्ये सात जना महिला, तीन जना पुरुष र एक नाबालक छन् । सनाखत भएकामा बैतडीका धनबहादुर चन्द र स्नेहा चन्द रहेका छन्। यस्तै, दार्चुलाका कल्याणसिंह बडला, निर्मला बडला, परुली धामी, धनबहादुर बम, अमरा बम, भूमति बम रहेको प्रहरीले जनाएको छ । मृतक ११ जनाको शव जिल्ला अस्पताल दार्चुलामा पोस्टमार्टम भइरहेको बताइएको छ। शव राति १२ बजेसम्म संकलन गरिएको प्रहरीले जनाएको छ। दुहु गाउँपालिका–३ राताकाठाबाट हिकिलाका लागि छुटेको म १ ज २८० नम्वरको जीप महाकाली किनारमा खसेर दुर्घटनामा परेको हो। र्घटनामा जीप चालक दीपक सिंह धामी घाइते छन् । उनको अवस्था गम्भीर छ । उनलाई जिल्लामा उपचार हुन नसकेपछि भारतको पिथौरागढ रिफर गरिएको प्रहरीले जनाएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x