Date

बिहि, बैशाख १३, २०८१
Thu, April 25, 2024

हस्तकला सामाग्री प्रवद्र्धनमा सहयोग गर्न व्यवसायको राजदुतहरुलाई आग्रह

हस्तकला सामाग्री प्रवद्र्धनमा सहयोग गर्न व्यवसायको राजदुतहरुलाई आग्रह

काठमाडौं, १७ फागुन । हस्तकला व्यवसायीहरुले नेपाली हस्तकला प्रवद्र्धनमा सहयोग गर्न राजदुतहरुलाई आग्रह गरेका छन् । नेपाल हस्तकला महासंघद्वारा आयोजित विभिन्न देशका नवनियुक्त राजदुतहरुलाई सम्मान तथा अन्तरक्रिया कार्यक्रममा व्यवसायीहरुले यस्तो आग्रह गरेका हुन ।

सो कार्यक्रममा महासंघका अध्यक्ष सुरेन्द्र भाइ शाक्यले हस्तकला सामाग्रीको प्रवद्र्धन गर्न राजदुतहरुसँग सहकार्य गर्ने बताए । हस्तकला सामाग्री उत्पादन अनुसार निर्यात हुन नसकेको भन्दै उनले आफुहरु राजदुत भएको देशमा प्रचार–प्रसारका लागि लागि आग्रह गरे ।

त्यस्तै राजदुतहरुले पनि महासंघले आफुहरुसँग गरेको अपेक्षा अनुसार सहयोग गर्ने वाचा गरे । तर उनीहरुले हस्तकला सामाग्री उत्पादनका क्रममा गुणस्तरमा विशेष ध्यान जरुरी रहेको भने बताए ।

नेपालबाट हाल ८० वटा मुलुकमा २५ प्रकारका हस्तकला सामाग्री निर्यात हुने गरेको छ। ति सामाग्रीहरुको निर्यातबाट मुलुकले बार्षिक १० अर्व रुपैयाँ विदेशी मुद्रा आर्जन हुने गरको छ भने ११ लाखले रोजगारी पाएका छन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x