Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

भुकम्पको ४ वर्ष : ३ लाख ७२ हजार नीजि आवास मात्र पुनर्निर्माण सम्पन्न

भुकम्पको ४ वर्ष : ३ लाख ७२ हजार नीजि आवास मात्र पुनर्निर्माण सम्पन्न

काठमाडौं, १८ फागुन । भुकम्प गएको ४ बर्ष पुग्नै लाग्दा हाल सम्म ३ लाख ७२ हजार ५ सय ६० नीजि आवास पुनर्निर्माण सम्पन्न भएको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको सर्वेक्षण अनुसार विसं २०७२ सालको भूकम्पबाट ९ लाख ९६ हजार ५ सय ८२ नीजि आवास पुनर्निर्माण गर्नुपर्ने अवस्थामा थियो । ती मध्ये अहिले ६ लाख १ हजार ६ सय ७४ वटा नीजि आवास पुनर्निर्माणको काम भइरहेको प्राधिकरणले जनाएको छ ।

मुलुकभरका अति प्रभावित १४ जिल्ला र कम प्रभावित १८ जिल्लाका नीजि आवास निमार्णमा सरकारले भुकम्प पीडितहरुलाई तीन चरणमा अनुदान रकम उपलब्ध गराउदै आएको छ । जस मध्ये जस मध्ये कुल ८ लाख १२ हजार ३ सय ७१ वटा नीजि आवास निमार्ण लाभग्रहीको सुचीमा परेकोमा ७ लाख १२ हजार ९८ अति प्रभावित १४ जिल्लाका रहेका छन् भने बाँकी १ लाख २ सय ७३ कम प्रभावित १८ जिल्लाका रहेका छन् ।

नीजि आवास पुनर्निर्माण अनुदान सम्झौता भएका अति प्रभावित १४ जिल्लाका ६ लाख ५७ हजार ९ सय ७६ जना भुकम्प पीडितले पहिलो किस्ता लिएका छन् भने कम प्रभावित १८ जिल्लाका ९२ हजार ६ सय ७ जना पिडितले पहिलो किस्ता वापतको रकम लिइसकेका छन् । त्यसै ५ लाख ४६ हजार ९ सय ६७ जना भुकम्प पिडितले दोस्रो किस्ता वापतको रकम लिइसकेका छन् । त्यस मध्ये अति प्रभावित जिल्लाका ५ लाख १ हजार ६ सय ७२ जना पिडितले अनुदान लिएका छन् । कम प्रभावित १८ जिल्लाका ४५ हजार २ सय ९५ जना भुकम्प पिडितले नीजि आवास निर्माण अनुदानको दोस्रो किस्ता वापतको रकम लिएका हुन् ।

यसैगरि निजी आवास निर्माण अनुदानको तेस्रो किस्ता लिने कुल ३ लाख ८२ हजार १ सय ३० जना भुकम्प पिडितले नीजि आवास पुनर्निर्माण अनुदानको रकम लिएको प्राधिकरणले जनाएको छ । पुनर्निमार्ण प्राधिकरणमा नीजि आवास निर्माण अनुदान लिन छुटेका हाल सम्म २ लाख ५ हजार ५ सय ८४ जना भुकम्प पिडितहरुको निवेदन रहेको छ । जसमा १ लाख २९ हजार ४ सय ८ जनाको निवेदन पुनःसर्वेक्षण गरिएको छ । ९१ हजार ९ सय १८ जनालाई भने नीजि आवास निर्माणको किस्ता लिन सुनुवाई गरिएको प्राधिकरणले जनाएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x