Date

मङ्ल, अशोज २९, २०८१
Tue, October 15, 2024

यो साता सेयर बजारमा ७९ करोडको कारोबार

यो साता सेयर बजारमा ७९ करोडको कारोबार

काठमाडौं, १८ फागुन । यो साता नेपाल स्टक एक्सचेन्ज (नेप्से) पहिलो दिनको तुलनामा अन्तिम दिन ३.२१ अंकले बढेको छ । यो साता नेप्सेमा ४ दिन मात्र कारोबार भयो ।

आइतबार साताको पहिलो दिन नेप्से १०.७५ अंकले घटेर १,१०२.३२ को बिन्दुमा झरेको थियो । उक्त दिन १ सय ६६ कम्पनीको ९ लाख ९८ हजार ५४२ कित्ता सेयर २० करोड ९९ लाख ९७ हजार रुपैयाँमा कारोबार भएको थियो । सोमबार भने ७.४१ अंकले बढेर १,१०९.७३ को बिन्दुमा उक्लिएको थियो । सोमबार १ सय ६६ कम्पनीको ७,२०,८४५ कित्ता सेयर २० करोड ३८ लाख रुपैयाँ भन्दा बढीमा कारोबार भएको थियो ।

त्यस्तै साताको तेस्रो कारोबार (मंगलबार) ७.१७ अंकले बजार घट्दा १ सय ६५ कम्पनीको ६,५३,०२८ कित्ता सेयर १६ करोड ५६ लाख ७२ हजार २२८ रुपैयाँमा कारोबार भएको थियो । यसैगरि बुधबार भने २.९७ अंकले बढेर १,१०५.५३ को बिन्दुमा पुगेर बन्द भएको थियो । उक्त १ सय ६८ कम्पनीको ८ लाख ९ हजार ४६३ कित्ता सेयर २१ करोड ९९ लाख ३९ हजार रुपैयाँमा कारोबार भएको हो ।

संस्कृति, पर्यटन तथा नागरिक उड्यान मन्त्री रबिन्द्र अधिकारी सहित सात जनाको हेलिकोप्टर दुर्घटनामा मृत्यु भएको हुँदा साताको अन्तिम दिन बिहिबार सार्वजानीक बिदा दिइएको थियो । सो दिन कारोबार बन्द भयो ।

चार दिनको अवधीमा २९ लाख ६२ हजार ८ सय ७८ कित्ता सेयर ७९ करोड ९४ लाख ४८ हजार ९ सय ७९ रुपैयाँमा किनबेच भयो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x