Date

शुक्र, मंसिर २१, २०८१
Fri, December 6, 2024

पूर्व उपप्रधान एव अर्थमन्त्री भरतमोहन अधिकारीको निधन

पूर्व उपप्रधान एव अर्थमन्त्री भरतमोहन अधिकारीको निधन

काठमाडौं,१८ फागुन । पूर्व उपप्रधान एव अर्थमन्त्री एवं नेकपाका नेता भरतमोहन अधिकारीको निधन भएको छ । ८२ वर्षिय नेता अधिकारीको हृयाम्स अस्पतालमा उपचारका क्रममा शनिबार राति ९ बजेर ३५ मिनेटमा निधन भएको अस्पताले विज्ञाप्ति मार्फत जानकारी गराएको हो । अधिकारीको पार्थिव शरीर अन्तिम श्रद्धाञ्जलीका लागि भोलि आइतबार विहान ९ बजेदेखि १२ बजेसम्म पार्टी कार्यालय धुम्बाराहीमा राखिने छ ।

यस्तो छ अधिकारीको राजनीतिक यात्रा

२२ बैशाख १९९३ मा महोत्तरीको भ्रमणपुरा गाउँमा जन्मेका भरत मोहन पूर्व प्रधानमन्त्री मनमोहन अधिकारीका भाई हुन् । कृष्णमोहन, जगत मोहन पनि उनका दाजु हुन् । शुशिला अधिकारी उनकी बहिनी हुन् ।  पूर्व उपप्रधानमन्त्री भारत मोहनले भारतको इलाहाबादबाट प्रविणता प्रमाणपत्र तह उत्तिर्ण गरेका थिए । उनले बनारसको हिन्दु बिश्वबिद्यालयबा राजनीति शास्त्र, दर्शन सास्त्र र अर्थशास्त्रमा स्नातक गरेका थिए । त्रिभुवन विश्व विद्यालयबाट उनले अर्थशास्त्रमा स्नातकोत्तर गर्नुका साथै कानुनमा बिएल गरे ।

राजनीतिक यात्रा

सन १९५२ मा १६ बर्षको उमेर हुँदा भरतमोहनले भारतको बनारसमा हुँदा भारतीय कम्युनिष्ट पार्टीको सदस्यता लिएका थिए । उनी २००८ मा गठन भएको आर्दश बिद्यालयको छात्र संघका अध्यक्ष थिए । उनकै नेतृत्वमा २००७ सालमा विराटनगरको जुद्ध स्कुलको बोर्ड ढुंगाले हानेर कुच्याएर आर्दश स्कुलको बोर्ड राखिएको थियो । विराटनगरकै एलिट क्लबमा उनी लामो समय  महासचिव भएका थिए  । विराटनगरको मोरङ क्याम्पसमा उनले पढाएका थिए भने अदालतमा वलकात पनि गरेका थिए । त्यत्ति मात्र नभएर उनी पञ्चायतको विरोधमा संघर्ष गर्दा विराटनगरकै जेलमा बन्दिसमेत बनेका थिए ।

वि.सं. २०१५ मा कम्युनिष्ट पार्टीको मुख पत्र नवयुगको सम्पादकको भूमिका निभाएका थिए भरतमोहनले । २०१७ सालमा राजा महेन्द्रले प्रजातन्त्र बिरुद्ध कु गरेपछि उनले सोभियत संघमा पिएचडी पढन पाएको छात्रबृत्ति त्यागेर सक्रृय राजनैतिक संघर्ष रोजेका थिए । भरत मोहनले २०१८ सालदेखी कोशी प्रान्तिय कमिटीको सचिव बनेर पूर्वमा कम्युनिष्ट आन्दोलन बिकास गराएका थिए । उनी साईकल चढेर गाउँगाउँमा कम्युनिष्ट पार्टीको पर्चा बितरण गर्थे । तत्कालिन नेकपाका महासचिव केशरजंग रायमाझीले राजाको सेवा गर्न थालेपछि उनले २०१९ मा नेकपाको तेस्रो महाधिबेशन गराउन पहल गरेका थिए । जसमा पुष्पलाल श्रेष्ठ, तुलसीलाल आमत्य सहित देशभरबाट एक सय बढी क्रान्तिकारीहरु सहभागी भएका थिए । उनी तेस्रो महाधिबेशनबाट पोलिट व्युरो सदस्य निर्वाचित भएका थिए ।

त्यसो त, तात्कालिन माले र माक्र्सबादीलाई एकिकरण गराएर एमाले बनाउने नेताका रुपमा पनि भरतमोहन चिनिन्छन् । २०४६ को पञ्चायत बिरुद्धको आन्दोलनमा उनले बाम मोर्चा गठनमा सक्रृय भूमिका खेलका थिए । उनकै पहलमा सातओटा बाम घटकहरु एक भएर संयुक्त बाम मोर्चा निर्माण गरेपछि पञ्चायत बिरुद्धको आन्दोलन सफल भएको थियो । कम्युनिष्ट पार्टीको छैटौं, सातांै र आठौं महाधिबेशनबाट उनी लगातार स्थायी समितिमा निर्वाचित भएका थिए । उनी वि.सं. २०४८, ०५१ र ०५६ मा मोरङबाट प्रतिनिधिसभामा बिजयी भएका थिए । २०७१ को महाधिबेशनबाट उनले पार्टीको कुनैपनि जिम्मेवारी नलिने स्वैच्छिक अवकाशको घोषणा गरेका थिए । पटकपटक मन्त्रि भएका उनले अर्थ, कानुन, उर्जा, निर्माण बाणिज्य तथा आपूर्ति मन्त्रालय सम्हालेका थिए ।

जनताको नजरमा सधैं लोकप्रिय

२०४६ को आन्दोलनपछि कम्युनिष्ट एकताको प्रशंगलाई उचाईमा पुर्याउने काम भरतमोहनकै थियो । २०४७ मा पार्टी एकता भयो । उत्कृष्ट बैचारिक दृष्टिकोण तथा अन्तर्राष्ट्रिय सम्बन्ध राख्न सक्षम उनी पहिलोपटक अर्थमन्त्री हुँदा जेष्ठ्य नागरिकहरुलाई बृद्ध भत्ता प्रदान गर्ने लोकप्रिय निर्णय गरेक थिए । ‘गाउँगाउँमा सहकारी, घरघरमा रोजगारी’ कार्यक्रम सञ्चालन गरी तल्लो तहका जनतासम्ममा चेतनाको विस्तारका साथै विकासको पहुँच पुर्याउन सधैं चिन्नित रहने भरतमोहनले सुत्केरी भत्तासम्मको प्रबन्ध मिलाएका थिए । कम्युनिष्टहरुले बुढापाका मार्छन् भन्ने तत्कालिन विरोधीहरुको भ्रमलाई कडा प्रहार गरेका उनले आफ्नो गाउँ आफैं बनाउँ भन्ने नारालाई लोकप्रिय बनाउँदै विकासमा केन्द्रित हुन सबैमा आग्रह गरेका थिए ।

राष्ट्रिय बिभुतिका नाममा सडकको नामाकरण, हेटौंडा काठमाण्डौ सुरुंग मार्ग, सडकको दुवै किनारमा वृक्षारोपण, सुत्केरी भत्ता, श्रीमान श्रीमतीको संयुक्त नाममा जग्गा पास, गाउँ गाउँमा सहकारी घरघरमा रोजगारी लगायतका कार्यक्रमहरु भरतमोहनले आफू सरकारमा हुँदा सञ्चालन गरेका  स्मरणयोग्य काम हुन् । सबै राज्यले गर्नुपर्छ र सबै बजारलाई छाड्नुपर्छ भन्ने दुबै अतिबादी चिन्तनको बीचबाट उनले  राज्य, सहकारी र नीजि क्षेत्रको तीन खम्बे अर्थनीति अंगिकार गर्दै नेतृत्व गरेका थिए । बजेटमा समाजिक कार्यक्रमहरु समाबेश गर्न जस पनि भरत मोहनलाई नै जान्छ ।

नेपालको राजनीतिमा सधैं मुलधारमा रहेर गतिविधि सञ्चालन गर्दै व्यक्तिगत नभएर समाज र देशको स्वार्थ हेरेका भरतमोहनले २०४७ को संविधान निर्माण गर्ने समितिमा रहेर महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए । उनी २०६१ सालमा राजा ज्ञानेन्द्रले ‘कु’ गरेर सत्ता हातमा लिँदा उनी उपप्रधान मन्त्रिकै अवस्थामा पक्राउ परेर तीन महिना घरमा नजरबन्दमा बसेका थिए । २०६२ मा पनि ज्ञानेन्द्र शासन बिरुद्ध संघर्ष गर्दा उनलाई नजरबन्दमा राखिएको थियो । नेपालमा गणतन्त्र स्थापना भएपछि बनेको संविधान निर्माणमा पनि भरतमोहनको महत्वपूर्ण भूमिका रहयो ।

उद्योग, व्यवसायी तथा बुद्धिजिबिसँग निकट सम्बन्ध राख्न रुचाउने भरतमोहनले ‘नेपालमा औधोगिकरणको समस्या’ र ‘मेरो जीवन यात्रा’ नामक कृतिहरु प्रकाशन गरेका छन् । उनले ‘जनताको बहुदलिय जनबादको अर्थशास्त्र’ नामक कृति प्रकाशनको तयारी थियो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x