Date

आइत, मंसिर २३, २०८१
Sun, December 8, 2024

स्वर्गिय अधिकारीले शुरु गरेका थिए बृद्धबृद्धालाई भत्ता दिन

स्वर्गिय अधिकारीले शुरु गरेका थिए बृद्धबृद्धालाई भत्ता दिन

काठमाडौं,१९ फागुन ।  नेपालमा पहिलोपटक कम्युनिस्ट पार्टीको तर्फबाट पहिलो बजेट संसदमा प्रस्तुत गर्ने अर्थमन्त्री भरत मोहन अधिकारीले नेपालको अर्थ ब्यवस्था सुधारका लागि महत्वपूर्ण योगदान पुर्याएका छन् ।तत्कालीन प्रधानमन्त्री मनमोहन अधिकारी नेतृत्वको सरकारका अर्थमन्त्री भरतमोहन अधिकारीले नीति तथा कार्यक्रम बजेट ल्याएका थिए। नौ महिने अधिकारी नेतृत्वको सरकारले ल्याएको नीति तथा कार्यक्रमअनुसार आएको बजेटको प्रचार अहिले उतिकै हुने गरेको छ ।

नेपालमा बृद्ध वृद्धालाई सामाजिक सुरक्षा भत्ता दिने कार्यक्रम होस वा सुत्केरीलाइ भत्ता दिने ब्यवस्था अधिकारी नै यसका योजनाकार हुन । विकासमा स्थानीयको सहभागितमा जोड दिन सहभागितमा मुलका विकासलाइ अघि बढाउन उनले बजेटमा आफ्नो गाउँ आफैँ बनाउने भन्ने समेत समेटेका थिए ।  

मनमोहन नेतृत्व सरकारको पालामा पनि अर्थतन्त्रको दिगो विकासका लागि उद्योग, व्यापार पर्यटन तथा वित्तीय क्षेत्रको प्रवर्द्धन गर्ने नीति सार्वजनिक गरिएको थियो। अहिले पनि उत्पादनुमुखी अर्थतन्त्रको लागि कार्यक्रम अघि बढाइने नीति ल्याइएको छ भने योगदानमा आधारिकत सुरक्षा भत्ताको कार्यक्रम अघि बढाइएको छ। सुकुम्बासी बसोबासको विकराल समस्या समाधान गरी जनतालाई वैकल्पिक रोजगारीका अवसरहरू उपलव्ध गराउने नीति मनमोहन नेतृत्वको सरकारका पालामा दिएको छ भने ओली नेतृत्वको सरकारो पालामा यी कुरा संविधानप्रद भएकोले सोहीअनुसार अंगिकार गरिने बताइएको छ। मुलुकको समग्र विकासको पूर्वसर्त रहेको उल्लेख गरिएको थियो। ०५२/५३को नीति तथा कार्यक्रममा अहिले समृद्धिको पूर्वसर्त विकास भएकोले कृषिलगायतका क्षेत्रबाट विकासको काम अघि बढाइने बताइएको छ। ‘कृषिको विकासलाई एकीकृत तथा समन्वयात्मक ढंगले अगाडि बढाउन साना सिँचाइ, ग्रामीण विद्युतीकरण, पूर्वाधार निर्माण, बजार तथा प्रविधि विकासका कार्यक्रमहरू एकसाथ अगाडि बढाउने ढंगले कार्यक्रमहरू निर्धारित गरिएका छन्।’ मनोमोहनको नीति तथा कार्यक्रममा उल्लेख गरिएको थियो। कृषिपछि दोस्रो प्राथमिकतामा ऊर्जालाई राखिएको थियो। अहिले २७ वर्षपछिको पनि सरकारको प्राथमिकतमा मुख्यतय यही विषयमा छ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x