सेञ्चुरी बैंकद्वारा गढीमाई मन्दिरलाई पानी ट्यांङ्की प्रदान

काठमाडौं, १९ फागुन । सेञ्चुरी कमर्सियल बैंकको वीरगञ्ज शाखाद्वारा गढीमाई मन्दिरलाई सहयोग गरेको छ । बैंकले संस्थागत सामाजिक उत्तर दायित्व अन्तर्गत महागढीमाई नगरपालिकामा रहेको प्रशिद्ध गढीमाई मन्दिरमा दर्शनाथीहरुलाई स्वच्छ पानी पिउनको लागि स्टीलको पानी ट्यांङ्की प्रदान गरेको हो ।

बैकका प्रमुख कर्जा अधिकृत मनोज न्यौपानेले गढीमाई मन्दिर समितिका अध्यक्ष रामचन्द्रप्रसाद शाह तथा मन्दिरका पुजारी रामप्रसाद चौधरीलाई उक्त ट्यांङ्की हस्तान्तरण गरेका हुन ।

बैंकले हाल काठमाडौं उपत्यकामा १३ शाखाहरु र ६ वटा एक्स्टेन्सन काउन्टरहरु र उपत्यका बाहिर ९८ शाखाहरु र २ वटा एक्स्टेन्सन काउन्टरहरु साथै १३ वटा शाखारहित बैंकिङ्ग गरी जम्मा १ सय ३२ स्थानबाट सेवा दिदै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *