प्रतिनिधि तर्फ ५ स्थानको मत परिणाम आउँन बाँकी

काठमाडौं, २६ मंसिर । प्रतिनिधिसभाको मत परिणाम अन्तिम अवस्थामा पुगेको छ । १६५ जनप्रतिनिधिको लागि भएको प्रतिनिधिसभाको निर्वाचनमा हालसम्ममा १६० स्थानको मत परिणाम सार्वजनिक भएको छ । अब ५ स्थानको मत परिणाम आउँन बाँकी रहेको छ ।

प्रतिनिधिसभाको मत परिणाम अनुसार एमालेले अग्रता कायम गरेको छ । उसले अहिलेसम्ममा ७७ स्थानमा जित हासिल गरेको छ । यस्तै एमाओवादीले ३६ स्थानमा जितेको छ । यसरी हेर्ने हो भने एमाले र एमाओबादीले करिब ७० प्रतिशतले जित हासिल गरिसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *