Date

मङ्ल, बैशाख ११, २०८१
Tue, April 23, 2024

नेपाल चेम्बर अर्फ कमर्स र इण्डो ल्याटिन अमेरिकी चेम्बर अफ कमर्स बीच व्यापार सम्झौता

नेपाल चेम्बर अर्फ कमर्स र इण्डो ल्याटिन अमेरिकी चेम्बर अफ कमर्स बीच व्यापार सम्झौता

काठमाडौं, २१ फागुन । नेपाल चेम्बर अर्फ कमर्स र इण्डो ल्याटिन अमेरिकी चेम्बर अफ कमर्स बीच व्यापार विकास सम्बन्धी सम्झौता भएको छ । नेपाल र ल्याटिन अमेरिका बीचको व्यापार सम्बन्ध बढाउनका लागि भारत स्थीत न्युन दिल्लीमा रहेको इण्डो ल्याटिन अमेरिकी चेम्बर अफ कमर्ससंग दुवै देशको व्यापार प्रबद्र्धन र व्यापारीक सम्बन्ध विस्तार गर्ने उदेश्य सहित सम्झौता भएको हो ।


सो सम्झौता पश्चात नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठ र इण्डो ल्याटिन अमेरिकी चेम्बर अफ कमर्सका अध्यक्ष राज कुमार शर्माले हस्ताक्षर गरेका छन् । सम्झौता पश्चात ल्याटिन अमेरीकामा नेपालको व्यापार, वाणिज्य तथा लगानी सम्बन्धी लगाएत अन्य सम्पुर्ण व्यापारीक गतिविधिका सम्बन्धहरु विस्तार गर्न इण्डो ल्याटिन अमेरिकी चेम्बर अफ कमर्सले नेपाललाई सहयोग गर्नेछ । साथै नेपाल चेम्बर अफ कमर्सले इण्डो ल्याटिन अमेरिकी चेम्बर अफ कमर्सलाई हाल सम्म नेपालबाट अन्य मुलुकहरु संगको व्यापारीक गतिविधिहरुमा सहकार्य गर्न सहयोग गर्ने बताईएको छ ।


यस्तै ‘ट्रेड मिसन’ र बि टु बी सम्मेलनलाई प्रभावकारी रुपमा अगाडी बढाउन दुई पक्षीय व्यापारिक प्रतिनिधी मण्डलको आदान÷प्रदान, अन्तराष्ट्रिय सेमिनारको आयोजनाका साथै प्रकाशनका कुराहरु पनि समझदारी पत्रमा समेटिएको नेपाल चेम्बर अफ कमर्सले जनाएको छ ।

हाल सम्म इण्डो ल्याटिन अमेरिकी चेम्बर अफ कमर्सको कार्बिबियनका २१ वटा मुलुक, उत्तर अमेरिकाका ८ वटा मुलुक र दक्षिण अमेरिकाका १३ वटा मुलुकहरुमा व्यापारीक सम्बन्ध रहेको छ । आगामी दिनमा नेपालको पनि यी सबै मुलुकहरमा व्यापारी सम्बन्ध विस्तार भइ नेपालको निर्यात बजार बढ्ने अपेक्षा नेपाल चेम्बर अफ कमर्सको रहेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x