Date

बिहि, बैशाख १३, २०८१
Thu, April 25, 2024

विदेशी धुलो दुध आयातमा प्रतिवन्ध

विदेशी धुलो दुध आयातमा प्रतिवन्ध

काठमाडौं २१, फगुन । नेपालमा अब विदेशी कम्पनीहरुलाई वातावरण प्रदुर्षण गर्न प्रतिबन्ध गरिने भएको छ । कृषि तथा पशुपन्छी मन्त्री चक्रपाणी खनालले नेपालमा प्रदुर्षण भित्रयाउने विदेशी सामानहरुको आयातमा प्रतिवन्ध लगाईएको बताएका हुन् । मंगलबार रिपोर्टस क्लवमा आयोजित एक अन्तक्र्रिया कार्यक्रममा बोल्दै मन्त्री खनालले स्वदेशमा उत्पादनलाई व्यवस्थित र वातावरण मैत्री गरि प्रर्दुषण फैलाउने विदेशी वस्तुहरुमा आयातमा प्रतिवन्ध लगाईएको बताएका
छन् ।


विषेश गरि विदेशी दुधका प्याकेटहरुले प्रदुर्षण फैलाउने भन्दै उनको यो निर्णयले दुध उत्पादन गर्ने कृषकलाई प्रत्यक्ष लाभ पुग्ने मन्त्री खनालको दावी छ । न्यूजलियन्टबाट आयातित ‘अमूल’ कम्पनीको धुलो दुध नेपालमा प्रतिवन्ध लगाईएको छ ।

‘उपभोक्ताको आवश्यकतालाई मध्यनजर गर्दै स्वदेशमै धुलो दुध उत्पादन गर्ने योजना रहेको छ ।’ उनले भने–‘हामी दुधमा आत्मनिर्भर हुन्छांै । विदेशी आयातित दुधको आवश्यकता पर्दैन् । कृषकले उत्पादन गरको गाई भौसीको दुध अपुग भएकोले कोहलपुरमा धुलो दुध उत्पादन उद्योग खोल्ने योजनामा छौ ।’


त्यस्तै माछा मासु र तरकारीमा पनि आत्मनिर्भर भएको मन्त्री खनालले जानकारी दिएका छन् । आलु र प्याज विदेशबाट ल्याउनु परेपनि हरियो तरकारी र माछा मासुमा आत्मनिर्भर भएको उनको भनाई छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x