Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

मंगलबार नेप्से २.०६ अंकले बढ्यो

मंगलबार नेप्से २.०६ अंकले बढ्यो

काठमाडौं, २१ फागुन । साताको तेस्रो कारोबार (मंगलबार) सेयर बजार झिनो अंकले बढेको छ । उक्त दिन नेपाल स्टक एक्सचेन्ज (नेप्से) २.०६ अंकले बढेर १,१०२.६४ विन्दुमा बन्द भएको हो ।

सो दिन १ सय ७४ कम्पनीको ७,३३,४२२ कित्ता सेयर खरिद बिक्री २२ करोड ५२ लाख रुपैयाँ भन्दा बढीको कारोबार भएको छ । कारोबारको आधारमा भने आज एशियन लाइफ इन्स्योरेन्स कम्पनीले अग्रता लिएको छ । कम्पनीको २ करोड २६ लाख रुपैयाँ भन्दा बढीको कारोबार भएको हो ।

त्यस्तै सो दिन सार्वधीक कमाउनेमा कमाउनेमा सुर्योदय लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताहरु रहेका छन् । जसको प्रतिसेयर मुल्य ६.४४ प्रतिशतले बढेको छ । साथै सिन्धु विकास बैंकका लगानीकर्ताहरुले सबै भन्दा बढी गुमाएका छन् । जसको प्रतिसेयर मुल्य आज ७.९३६५१ प्रतिशतले घटेको छ ।

मंगलबार नेप्सेमा सुचिकृत ११ वटा समुहहरु मध्ये २ वटा समुह बाहेक सबै समुहको परिसुचक बढेका छन् । व्यापार समूह २.७ अंक र अन्य समुहको ३.१५ अंकले परिसुचक घटेको हो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x