Date

सोम, मंसिर १०, २०८१
Mon, November 25, 2024

अर्थमन्त्रालयका २२ कर्मचारी अर्थ व्यवस्थापनको तालिम लिन भारतमा

अर्थमन्त्रालयका २२ कर्मचारी अर्थ व्यवस्थापनको तालिम लिन भारतमा

काठमाडौ, २१ फागुन । सरकारले आफ्ना मातहतका कर्मचारीहरुलाई तालिम दिन शुरु गरेको छ । अर्थमन्त्रालयका २२ कर्मचारी सार्वजनिक अर्थ व्यवस्थापनको तालिम लिन भारत पुगेका हुन् ।

भारत इन्स्टिच्यूट अफ गभर्मेन्ट अकाउन्ट्स एण्ड फाईनान्स (आइएनजिएएफ) मा सञ्चालन भइरहेको ग्लोवल प्रेस्पेटिभ्स अन पब्लिक फाइनान्सियल म्यानेजमेन्टको तालिम लिन कर्मचारीहरु भारत गएका हुन् । भारत सरकार विदेश मन्त्रालयको भारतीय प्राविधिक तथा आर्थिक सहकार्य कार्यक्रम (आइटिसीई) अन्तर्गत सञ्चालन भइरहेको तालिम लिन अर्थमन्त्रालयका कर्मचारी भारत पुगेको मन्त्रालयले जनाएको छ ।

कूल ६२ कर्मचारीहरुलाई प्रदान गरिने यस विशेष तालिम नेपालको अर्थ मन्त्रालयको अनुरोध तथा आवश्यकता अनुरुप तयार पारिएको हो । यस तालिमले विद्युतीय भुक्तानी प्रणाली, लेखाविधि तथा रकम व्यवस्थापन, सार्वजनिक ऋण प्रणाली, वैदेशिक ऋण÷अनुदान तथा प्रतिदानको लेखाविधि, पेन्सन भुक्तानी प्रणाली, आन्तरिक लेखापरिक्षण, आर्थिक जिम्मेवारी तथा बजेट व्यवस्थापन आदि विषयहरुमा चलिरहेको विश्वव्यापी अभ्यासबारे सहभागीहरुको क्षमता अभिवृद्धि गर्नेछ ।

यस अघि ४० नेपाली कर्मचारीहरुले (दुई टोलीका २०–२०) आफ्नो १० दिने तालिम सफलतापूर्वक सम्पन्न गरेका थिए । भारत सरकारको सार्वजनिक अर्थ व्यवस्थापन क्षेत्रको आधुनिक सिकाई सुविधायुक्त एक प्रमुख तालिम केन्द्र हो । भारत सरकारको सार्वजनिक अर्थ व्यवस्थापन क्षेत्रको आधुनिक सिकाई सुविधायुक्त एक प्रमुख तालिम केन्द्र हो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x