प्रदेश १ को विकासमा सरोकारवालाहरुको जोड

काठमाडौं, २५ फागुन । अर्थको अर्थ प्रशारण संस्था आइविएन मिडिया एन्ड रिसर्चले प्रदेश नं १ को अस्थायी राजधानी विराटनगरमा आर्थिक छलफल कार्यक्रम संचालन गरेको छ। आर्थिक सम्भाव्यत्ता र समस्या विषयक छलफलमा प्रदेशको अर्थमन्त्री इन्द्र आङबोले यस क्षेत्रमा विकास निर्माणको काम भइरहेको बताए । कर्मचारीहरुको छिटो छिटो सरुवा, सार्वजनीक खरिद ऐन लगायतका कारण विकास निर्माणले सोचे गति लिन नसकेको उनको भनाई थियो । आवश्यक कानुन निर्माण गरि अघि विकास निर्माणलाई अघि बढाउने प्रतिवद्धता पनि उनले गरे ।

त्यस्तै प्रदेश १ का राष्ट्रिय योजना आयोगका उपाध्यक्ष सुवोध प्याकुरेलले अव आउने १५ औं योजनामा प्रदेशले महत्वकांक्षी भन्दा पनि सम्भाव भएका योजनाहरुलाई मात्र समावेश गर्ने बताए ।

कार्यक्रममा उद्योग संगठन मोरङका अध्यक्ष भिम घिमिरेले बैंकहरुको चर्को ब्याजदरका कारण आफुहरु समस्यामा परेको भन्दै सरकारको ध्यानाकर्षण गराए । साथै नेपाल उद्योग बाणिज्य महासंघका कार्यसमिति सदस्य अविनाश बोहराले नीतिगत सुधार गरि अघि बढ्न सके प्रदेशकै मुहार फेरिने दाबी गरे ।

उक्त कार्यक्रममा उद्योगी, व्यवसायी, बैंकर्स सहित ६० भन्दा बढीको सहभागिता रहेको थियो । अन्य प्रदेशमा पनि यस्तै आर्थिक बहस कार्यक्रम संचालन गर्ने अर्थको अर्थका प्रमुख कार्यक्रम निर्माता हृदयराज गौतमले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *