Date

आइत, मंसिर २८, २०८२
Sun, December 14, 2025

हिम पहिरोमा परि अन्नपूर्ण पदमार्गमा निस्केका एक ट्रेकिङ गाइडको निधन, नेदरल्याण्डका पर्यटक बेपत्ता

हिम पहिरोमा परि अन्नपूर्ण पदमार्गमा निस्केका एक ट्रेकिङ गाइडको निधन, नेदरल्याण्डका पर्यटक बेपत्ता

काठमाडौं, २५ फागुन । हिम पहिरोमा परि मनाङमा एकजना ट्रेकिङ्ग गाइडको ज्यान गएको छ । धादिङ जिल्लाका अजय ढकालको हिम पहिरोमा परेर ज्यान गएको जिल्ला प्रहरी कार्यालय मनाङले जनाएको छ ।

ढकालको शव शुक्रबार बेलुका फेला परेको र पोष्टमार्टमका लागि काठमाडौँ पठाइएको प्रहरीले जनाएको छ । ढकालसँगै पदयात्रामा गएका नेदरल्याण्डका पर्यटक भने अझै बेपत्ता छन् । उनीहरु दुई जना अन्नपूर्ण पदयात्रामा निस्किएका थिए ।

भिनसेन्ट ब्लुम नाम गरेका पर्यटक हराइरहेको र उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *