Date

शुक्र, बैशाख १४, २०८१
Fri, April 26, 2024

नेपालको पहिलो प्याकेजिङ्ग एक्स्पो हुँदै

नेपालको पहिलो प्याकेजिङ्ग एक्स्पो हुँदै

काठमाडौं, २५ फागुन । प्याकेजिङ्ग तथा खाद्य प्रशोधन उपकरण सम्बन्धि एक्स्पो “प्याकप्रोटेक २०१९” हुने भएको छ । त्रिभुवन विश्वविद्यालयको प्राङ्गणमा फागुन २८, २९ र ३० मा हुन लागेको पहिलो एक्स्पो मेसे इन्डिया, इन्स्टिच्युट अफ प्याकेजिङ्ग मेसिनरी म्यानुफ्याक्चर्स अफ इन्डिया तथा ईआरएम कन्सेप्ट्सको संयुक्त आयोजना गरेका हुन ।

एक्स्पोमा संसारमा प्रचलित विभिन्न प्याकेजिङ्ग तथा प्रविधिहरुको प्रदर्शन हुने छ । एक्स्पोमा फ्लेक्जीबल प्याकेजिङ्ग सिस्टम, सेकेण्डरी प्याकेजिङ्ग, कार्टन र विभिन्न प्रकारका लेबलहरुको पनि प्रदर्शनी गरिने छ।

नेपालको खाद्य तथा एफएमसिजि बजार १७ प्रतिशतको द्रुत दरमा वृद्घि भइरहेको बताइएको छ । जुन विश्वको औसत २ देखि ३ प्रतिशतको आँकडा भन्दा धेरै गुणा ठूलो हो । नेपालमा चाउचाउ, कन्फेक्सनरी र चुरोटको बजार सबैभन्दा बढी वृद्घि हुने क्षेत्रमा पर्दछन् भने पेय पदार्थ २० प्रतिशत र वस्तु उत्पादनको वृद्घि २५प्रतिशतमा रहेको छ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x